Loading... आजः सोमवार, असार ७, २०७८
Trending

कोरोना संक्रमण बाट मृत्यु हुनेको संख्या १६४ पुग्यो


काठमाडौँ :  नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको स‌ंक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक महिला र ६ जना पुरुषको कोरोनाबाट मृत्यु भए संगै नेपालमा कोरोना संक्रमण बाट मृत्यु हुनेको संख्या १६४ पुगेको छ ।

काठमाडौँका ७४ र ६६ वर्षीय पुरुष तथा ७१ वर्षीया महिला गरी तीन जना, सिरहाका २२ वर्षीय पुरुष, पर्साका ६८ वर्षीय पुरुष, धनुषाका ७६ वर्षीय पुरुष र रुपन्देहीका ५३ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

error: Content is protected !!