Loading... आजः बिहिबार, कार्तिक ८, २०८१
Trending

चट्याङ लागेर करिव पाँभ सय बाख्रा मरे

 

जुम्ला :  जुम्ला जिल्लाको पूर्व क्षेत्र पातारासी गाउँपालिकाको वडा नम्बर ४ पाटनमा चट्याङमा परेर करीब पाँच सय ३१ भेडा मरेका छन् । बागजालेम सामुदायिक वन अन्तर्गतको ढाणखर्क मासिमसेरा भन्ने ठाउँमा सोमबार अपराह्न्न चट्याङ परेपछि स्थानीयवासी विष्णु बुढा, जयबहादुर बोहोरालगायत पाँच जना किसानका भेंडा मरेको पतारासी गाउँपालिकाका अध्यक्ष लक्षीमन बोहोराले जानकारी दिए ।

‘हिँजो करिब १२ बजेतिर स्थानीय पाँच जना कृषकका करिब पाँच सय ३१ भेडा चट्याङ लागेर मरेको खबर आएको छ अध्यक्ष बोहोराले भने,प्रहरी, युवा क्लव र स्थानीय नागरिकहरु घटनास्थल तर्फ गएका छन् । क्षतिका सबै विवरणहरु त्यहाँ पुगेपछि मात्र आउँछ ।

प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार घटनास्थल तर्फ असईको कमाण्डमा प्रहरी हिँडिसकेको र त्यहाँ पुग्न करिब ७ घण्टा लाग्ने छ । पातारासी क्षेत्रका अधिकांश बासिन्दाको मुख्य आम्दानीको स्रोत र पुख्यौली पेसा नै भेडापालन भएको अध्यक्ष बोहोराले बताए । जुम्लामा २०७० सालमा पनि निरन्तर परेको असिना, पानी र हावाहुरीले करीब सात सय भेडा मरेका थिए ।