Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

सुर्खेतमा तेस्रो पटक लम्बियो निषेधज्ञा

सुर्खेत :  जिल्ला प्रशासन कार्यालय सुर्खेतले भदौ १ गतेदेखि वीरेन्द्रनगरमा लगाएको निषेधाज्ञा तेस्रो पटक ३ दिन थप गरेको छ । सोमवार बसेको कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले तेस्रो पटक निषेधाज्ञा तीन दिन थपेको हो ।

निषेधाज्ञा अव भदौ १२ गते राती १२ बजेसम्म हुनेछ । कोरोनाको संक्रमण दर बढ्दै गएको र चाडपर्वमा भीड बढी हुने भएकोले जोखिम बढ्ने भन्दै प्रशासनले भदौ १ गतेदेखि भदौ ५ गतेसम्म निषेधाज्ञा लगाउने निर्णय गरेको थियो । त्यसपछि दोस्रो पटक पुन चार दिन थपेर भदौ ९ गतेसम्म निषेधाज्ञाको अवधि बढाइएको थियो भने सोमवार बैठक बसेर तेस्रो पटक तीन दिन निषेधाज्ञा थप गर्ने निर्णय गरेको छ ।