Loading... आजः बिहिबार, कार्तिक ८, २०८१
Trending

बैंकका कर्मचारीमा पनि देखियो कोरोना संक्रमण


दैलेख  : दैलेख सदरमुकाम स्थित एक बैंकका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय बाणिज्य बैंक शाखा दैलेखका एक जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो । बैंकमा कार्यरत कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि एटीएम सेवा बाहेक अन्य सम्पूर्ण सेवाहरु बन्द गरिएको बैंकले जनाएको छ ।
सोमवार उक्त बैंकका कर्मचारीसहित दैलेखमा १७ जनामा कोरोना पुष्टि भएको हो । दैलेख पीसीआर प्रयोगशालामा गरिएको परिक्षणमा भैरबी गाउँपालिकाका ३ र नारायण नगरपालिकाका १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । समुदाय स्तरका ३८ जनाको गरिएको पीसीआर परिक्षणमा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।