Loading... आजः सोमवार, भदौ ३१, २०८१
Trending

कर्णालीमा कोरोना संक्रमितको संख्या २ हजार नाघ्यो

सोमवार सम्म १८ सय ८० डिस्चार्ज

दैलेख :  कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या दुई हजार नाघेको छ । जिल्ला अस्पताल दैलेख र प्रदेश अस्पताल÷पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको कर्णाली प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय अन्तरगर्तको स्वास्थ्य सेवा महाशाखाका प्रमुख वृषबहादुर शाहीले जानकारी दिए ।

दैलेखमा १७, सल्यानमा ६ र सुर्खेतमा एक जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कर्णाली प्रदेशमा संक्रमितको संख्या दुई हजार ३ पुगेको हो । कर्णालीमा सबैभन्दा बढी दैलेखमा ९ सय ६० जनामा कोरोना पुष्टि भएको महाशाखा प्रमुख शाहीले बताए । यस्तै सुर्खेतमा ५ सय ४७, सल्यानमा २ सय ३८, रुकुमपश्चिममा २६, हुम्लामा ५, मुगुमा १०, डोल्पामा ४, जुम्लामा ४५, कालिकोटमा ७६, जाजरकोटमा ३२ र अन्य प्रदेशका ६० जना रहेका छन् ।

कोरोना जित्नेको संख्या एक हजार ८ सय ८० जना छ । कर्णालीका १० वटै जिल्लाबाट एक हजार ८ सय ८० जना संक्रमित कोरोना जीतेर डिस्चार्ज भएसँगै सक्रिय संक्रमितको सख्या एक सय २३ जना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हालसम्म कर्णालीमा ६ जनाको मृत्यु भईसकेको छ ।