Loading... आजः सोमवार, अशोज २१, २०८१
Trending

दैलेखको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सन्तबहादुर सुनारलाई


दैलेख :  दैलेख जिल्लाको प्रमुख जिल्ला अधिकारीको जिममेवारी गृह मन्त्रालयका सह सचिव सन्तबहादुर सुनारलाई दिएको छ । साउन २५ गतेको मन्त्रिस्तरीय निर्णयले गृहमन्त्रालयका सह–सचिव सन्तबहादुर सुनारलाई दैलखको प्रमुख जिल्ला अधिकारीको सरुवा गरे संगै जिल्लामा सह– सचिव स्तरको पहिलो प्रमुख जिल्ला अधिकारी दैलेखले पाएको छ । दैलेखको इतिहासमै पहिलो पटक आफ्नै गृह जिल्ला घर भएका प्रमुख जिल्ला अधिकारी जिल्लामा आउँने भएछि जिल्लावासीले समेत सामाजिक संजालमा भव्य स्वागत गरेका छन ।

त्यसै गरी मन्त्रालयले सहसचिव उमेश बस्नेतलाई रौतहटको प्रमुख जिल्ला अधिकारी मन्त्रालय सह–प्रवक्ता एवं उपसचिव उमाकान्त अधिकारी म्याग्दीको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागकी उपसचिव हिरादेवी पौडेललाई मुस्ताङको प्रमुख जिल्ला अधिकारी बनाइएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी खिमलाल भुसाललाई प्युठानको प्रमुख जिल्ला अधिकारी जिम्मेवारी दिएको छ । । त्यस्तै सहायक सीडीओ धु्रव गिरीलाई स्याङजाबाट सरुवा गरेर मनाङको प्रमुख जिल्ला अधिकारी बनाइएको छ । त्यस्तै सहायक सीडीओ राजकुमार राईलाई झापाबाट सरुवा गरेर पूर्वीरुकुमको प्रमुख जिल्ला अधिकारी बनाइएको छ भने दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेललाई राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमा सरुवा गरिएको छ ।