Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

नेपालमा कोरोना संक्रमितको संख्या २३ हजार ३१० पुग्यो

काठमाडौं  :  उपत्यकामा ९२ जनासहित देशभर सोमबार ३ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। देशभरका ३७ वटा प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा ४४ जनामा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार ब्रिफिङमा प्रवक्ता प्राडा जागेश्वर गौतमले बताए । उनले यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २३ हजार ३१० पुगेको बताए ।

 

त्यसैगरी सोमबार देशभर १ सय ४० जना डिस्चार्ज भएका छन्। सोमबार देशभर संक्रिय संक्रमित ६ हजार ७३८ रहेका छन्। हाल १० हजार ७ सय ५९ जना क्वारेन्टाइनमा छन्। आजसम्म १६ हजार ४ सय ९३ डिस्चार्ज भएका गौतमले जानकारी दिए। त्यसैगरी सोमबार बाराका १ जना रेड जोनमा परेका उनले बताए।