Loading... आजः शनिबार, बैशाख १५, २०८१
Trending

धनगढीका तीन सय घर डुबानमा

धनगढी :  दुई दिनदेखि लगातारको वर्षाका कारण धनगढी उपमहानगरपालिकाका अधिकांश क्षेत्र डुबानमा परेका छन् । धनगढीको बजार क्षेत्र क्याम्पस रोड, शिवनगर, एलएनचोक, पार्कचोक, विशालनगर, मिलनचोक, चौराहा, उत्तरबेहडी, चटकपुरलगायत अधिकांश भूभागमा डुबान भएको हो ।
विशालनगरमा झण्डै आधा दर्जन परिवार विस्थापित भएको स्थानीय टेकराज जोशीले बताए । उनले घरमा पानी पसेपछि छिमेकी र आफन्तको घरमा बस्नुपरेको बताए । सबैभन्दा बढी धनगढीको बजार क्षेत्र र वरपर रहेका वडामा डुबान भएको छ ।
धनगढी उपमहानगरपालिका वडा नम्बर–३ का अध्यक्ष बलबहादुर ऐरले पानी निकास नहुँदा समस्या भएको बताए । उनले धनगढी उपमहानगरपालिका वडा नम्बर ३ को विशालनगर, चटकपुर, बोराडाँडीलगायत क्षेत्रमा डुबान भएको जानकारी दिँदै क्षतिको लगत लिइरहेको बताए।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मत थापाले बाढी बस्तीमा पसेपछि झण्डै तीन सय घरमा पानी पसेको बताउदै भने पानी पसेपछि ५५ घरमा क्षति पुगेको छ । बाँकी क्षतिको विवरण आएको छैन ।
धनगढी उप–महानगरपालिका र नगर विकास समितिकै संलग्नतामा खोलानाला अतिक्रमणको चपेटामा परेपछि धनगढीमा डुबानको समस्या बढ्दैगएको छ । पानी बग्ने नाला र कुलोमा सरकारी तथा निजी भवन, सडक जस्ता संरचना खडा भएका छन् । धनगढीमा सडको पानी निकासका लागि बनाइएका नालीसमेत काम नलाग्ने भएका छन्