अवैध रूपमा बिक्री गर्न राखिएको मल बरामद
सुर्खेत : सुर्खेतमा अवैध रूपमा बिक्री गर्न राखिएको मल बरामद गरिएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतले भेरीगंगा नगरपालिकाको छिन्चुमा अनुुगमनका क्रममा एक एग्रोभेटबाट ६२ बोरा मल बरामद गरेको हो । छिन्चुस्थित कमला एग्रोभेटले गैरकानुनी मल बिक्री गर्दै आएको पाइएको सहायक प्रमुुख जिल्ला अधिकारी भीमकान्त पौडेलले बताए । उनका अनुसार इजाजत पत्र नलिएर बिक्री गरिरहेको पाएपछि उक्त मल बरामद गरिएको हो । उनले ५९ बोरा डिएबी मल र तीन बोरा युरिया मल बरामद गरिएको जानकारी दिए ।
प्रशासनले मलसँगै मल ढुवानी गर्ने गाडी पनि नियन्त्रणमा लिएको छ । मल बिक्रीका लागि कानुनी रूपमा अनुुमति तथा इजाजत पत्र लिनुुपर्छ, सहायक प्रजिअ पौडेलले भने उहाँहरूले गैरकानुनी रूपमा मल बिक्री गरिरहनु भएको रहेछ । त्यसैले मल बरामद गरेका हौं ।’ उनले यस विषयमा थप अनुसन्धान भइरहेको जनाए ।