Loading... आजः मङ्लबार, साउन १९, २०७८
Trending

नेपालमा कोरोना सङ्क्रमितको संख्या २१ हजार ७५० पुग्यो

काठमाडौँ  :  कोरोना भाइरसका ३६० जना नयाँ सङ्क्रमित थपिएका छन् । यस सँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या २१ हजार ७५० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको दैनिक प्रेस ब्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए । मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा छ हजार ६२२ जनाको स्वाब परीक्षण गरिएको छ ।

सक्रिय सङ्क्रमित सङ्ख्या छ हजार २९६ रहेका छन् । मन्त्रालयका प्रवक्ता डा। गौतमका अनुसार पछिल्लो चौबीस घण्टामा २३३ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । योसँगै हालसम्म १५ हजार ३८९ जना सङ्क्रमित कोरोनामुक्त भइसकेका छन् । काठमाडौं उपत्यकामा ८६ जना सङ्क्रमित भएका छन् । काठमाडौंमा मात्रै ८१ जना र ललितपुरमा चार र भक्तपुरमा एकजना रहेका छन् । कोरोना संक्रमणका कारण मृत्यु संख्या ६५ पुगेको छ ।

error: Content is protected !!