Loading... आजः बिहिबार, बैशाख २०, २०८१
Trending

८६ बर्षिय बृद्ध महिला सहित चार जनामा कोरोना संक्रमण

 

दैलेख :  कर्णाली प्रदेशमा ८६ वर्षिय बुद्ध सहित चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहिवार ४७५ जनाको स्वाब परीक्षण गर्दा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाले जानकारी दिएको छ ।

प्रदेश अस्पताल पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा दैलेख महावु गाउँपालिका वडा न १ की ८६ बर्षिया महिला,सुर्खेत बीरेन्द्रनगरपालिका वडा नः ११ की २४ बर्षिय महिला कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा गरिएको परीक्षणमा जुम्ला कनिकासुन्दरी गाउँपालिका वडा ३ की ४३ वर्षिया महिला र मगु खत्याड गाउँपालिका ८ की २८ वर्षिया महिलामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख डाक्टर लक्ष्मीनारायण तिवारीले बताए । उनले यो संगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १९६० पुगेको बताए । कर्णाली प्रदेशमा कोरोना जितेर घर फर्कनेको संख्या १८०८ पुगेको छ भने १४६ जनाको उपचार भइरहेको छ ।