Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

आइतवार देखी अत्यावश्यकीय बाहेक सबै सेवा ठप्प

सुर्खेत :  बढ्दै गएको कोरोना संक्रमणका कारण जिल्ला प्रशासन कार्यालय सुर्खेतले अत्यावश्यकीय बाहेक अन्य सबै सेवाहरु यही साउन २५ गते आइतवारदेखि वन्द गर्ने निर्णय गरेको छ । प्रशासनले विहीवार एक सूचना जारी गरी सो जानकारी गराएको हो ।

सूचनामा साउन २० गतेको जिल्लास्तरीय विपद व्यवस्थापन केन्द्रको बैठकबाट मानिसहरु जमघट हुने, सभा गोष्ठी, तालिम जात्रा तथा महोत्सवहरुमा रोक लगाएपनि सरकारी सेवा प्रवाह गर्ने कार्यालयहरुमा सेवाग्राहीहरुको अत्यधिक भीड बढ्दा कोरोना संक्रमणको जोखिम बढी हुने भएकोले अर्को निर्णय नहुँदासम्मका लागि साउन २५ गतेदेखि लागू हुने गरी कार्यालयबाट प्रवाह हुने नागरिकता, राहदानी सिफारिस, संघसंस्था दर्ता नवीकरण र अन्य सिफारिस सेवा वन्द गरिएको उल्लेख छ । कोरोना संक्रमण दर नघटेकोले यस्तो निर्णय गर्नुपरेको कार्यालयले जनाएको छ ।