Loading... आजः बिहिबार, कार्तिक ८, २०८१
Trending

विद्यालयको खातामा पैसा,दोष नगरपालिकालाई

..

दैलेख :  नारायण नगरपालिका दैलेखले नारायण नगरपालिकाका १७ वटा विद्यालयमा अध्ययनरत छात्राहरूका लागि उपलब्ध गराउने सेनेटरी प्याड खरिदमा विवादित देखिएको छ । नेपाल सरकार शिक्षा मन्त्रालयले विद्यालयका छात्राहरूका लागि सेनेटरी प्याड उपलब्ध गराउन नारायण नगरपालिका दैलेखका २१ लाख ७९ हजार रकम पठाएको र कोरोना भाइरसका कारण समयमै टेन्डर हुन नसक्दा आएको बजेट फ्रिज जाने भएपछि नारायण नगरपालिका दैलेखका उप प्रमुख सावित्री मल्लको संयोजकत्वमा रहेको नौ सदस्यीय समितिले विद्यालयको खातामा रकम जम्मा गर्ने निर्णय गरेको थियो ।
विद्यालयको खातामा रकम गएपछि सम्बन्धित विद्यालय र विद्यालय व्यवस्थापन समितिले खरिद प्रक्रिया अगाडी बढाउनु पर्ने भए पनि विद्यालयका प्रअहरुले नै आग्रह गरेपछि सामाग्री खरिदका लागि सहजीकरण गरेको नगरपालिका नै अहिले दोषी भन्नु पर्ने अवस्था आएको छ ।

सहजीकरणको जिम्मा दिएका हौँ प्र अ

विद्यालयको खातामा गएको रकम सम्बन्धित विद्यालयले किन्नु पर्नेमा नारायण नगरपालिका दैलेखले कमिसनको लोभमा सेनेटरी प्याड खरिद गरेको भन्दै सामाजिक सञ्जालमा व्याप्त बनाइए पछि नारायण नगरपालिका १७ वटा विद्यालयका प्रधानाध्यापकले विद्यालयमा पठाइएको रकम बराबरको सामाग्री नारायण नगरपालिका दैलेखलाई खरिदको सहजीकरणको जिम्मा दिएको र सेनेटरी प्याड खरिदमा अनियमितता भन्ने कुरा गलत भएको भन्दै प्रअहरुको बैठक बाट समाचारको खण्डन गरेका छन् ।
उनीहरूले नगरपालिकाले विद्यालयमा अध्ययनरत छात्राहरूको अनुपातमा बजेट आएको र कोरोना भाइरसका कारण टेन्डर आह्वान गर्न नसक्ने अवस्था हेरेर आफूहरूले नारायण नगरपालिका दैलेख शिक्षा तथा युवा खेलकुद शाखालाई सेनेटरी प्याड खरिदको सहजीकरण गर्न दिएका हौँ  .  विद्यालयमा आएको सामाग्री बरावरको रकम विद्यालयले नै भुक्तानी दिने हुँदा त्यसको नारायण नगरपालिकाको कुनै संलग्नता नभएको बताएका छन्

नारायण नगरपालिका वडा नः ८ मा रहेको दिपशिसु प्राथमिक विद्यालयका प्रधानाध्यापक खगेन्द्र श्रेष्ठले सेनेटरी प्याड खरिदका लागि बजेट विद्यालयमा आएपछि आफूहरूले नै सबै विद्यालयमा एकै नासको सामाग्री आवस भन्ने उद्देश्यले नगरपालिकालाई खरिदको सहजीकरण गर्ने दिएको बताउँदै नगरपालिका अदृश्य ठेकेदार भयो भनेर समाचार प्रकाशन हुनु दुखद भएको बताए । उनले नगरपालिकाले बजेट खर्च नगरेर फ्रिज फालेको भए नाराबाजी गर्ने सदुपयोग गर्दा अनियमितता भने हो भने आगामी दिनमा समेत काम गर्न समस्या हुने बताए ।

सामग्रीमा एकरूपता ल्याउन सहजीकरण गरिदिएको हुँ  :  शिक्षा शाखा प्रमुख

नारायण नगरपालिका दैलेखका शिक्षा युवा तथा खेलकुद शाखाको जिम्मेवारी समालेका शाखा प्रमुख हिमालय जङ्ग शाहले नेपाल सरकार शिक्षा मन्त्रालयले विद्यालयका छात्राहरूका लागि सेनेटरी प्याड उपलब्ध गराउने कार्यक्रम अनुसार प्रत्येक विद्यालयमा आउने सामाग्रीमा एकरूपता ल्याउन आफूले सहजीकरण गरेको बताएका छन् । उनले विद्यालयमा अध्ययन गर्ने छात्राहरूको अनुपातमा विद्यालयको खातामा रकम जम्मा गरिएको छ । खरिद गरेको पैसा विद्यालयले सिधै सप्लार्यस कम्पनीलाई दिने हो त्यसमा नारायण नगरपालिका दैलेखको कुनै संलग्नता छैन ।
खरिद प्रक्रिया अनुसार खरिद नभएको भन्ने आम गुनासोलाई के भन्नुहुन्छ भन्ने प्रश्नमा शाखा प्रमुख हिमालयजंग शाहले सेनेटरी प्याड खरिद समितिको संयोजक उप प्रमुख सावित्री मल्ल समेत बिरामी भएर आउन नसक्ने अवस्था भएपछि शाखाको कर्मचारीको हिसाबले रकम विद्यालयमा जम्मा गर्ने विद्यालय व्यवस्थापन समितिले निर्णय खरिद गरोँस भन्ने भए पनि विद्यालयका प्रधानध्यापकहरुले नै विद्यालयमा आउने सामाग्री सबै विद्यालयमा एकरुपमा आँवश भनेर सहजीकरण गर्ने दिए पनि आफूले सहजीकरण गरेको जानकारी दिए ।