Loading... आजः बिहिबार, कार्तिक ११, २०७८
Trending

नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ६१३ पुग्यो


काठमाडौ  :  नेपालमा कोरोना सं्रकमितको संख्या १८ हजार ६१३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा जागेश्वरले आइतवार नियमित पत्रकार सम्मेलन मार्फत उक्त जानकारी दिएका छन । पछिल्लो चौबीस घण्टामा १३० जना नयाँ सङ्क्रमित पुष्टि भएसँगै कुल सङ्क्रमितको सङ्ख्या १८ हजार ६१३ पुगेको छ । हाल पाँच हजार ४४० जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हाल १७ हजार ९०३ जना कोभिड–१९ का आशङ्कित क्वारेन्टिनमा छन् । मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार पछिल्लो चौबीस घण्टामा ७५ जना कोभिड–१९ सङ्क्रमित निको भएर घर फर्केका छन् । योसँगै कोभिड–१९ मुक्त भएकाहरूको सङ्ख्या १३ हजार १२८ पुगेको छ ।हालसम्म तीन लाख ४२ हजार ४५७ जनाको स्वाब सङ्कलन गरी आरटी पीसीआर परीक्षण गरिएको छ ।कोभिड–१९ बाट मृत्यु हुनेको सङ्ख्या ४५ पुगेको छ । पछिल्लो चौबीस घण्टामा नेपालमा कोभिड–१९ सङ्क्रमणबाट हुने मृत्यु दर्ता गरिएको छैन ।

error: Content is protected !!