Loading... आजः सोमवार, माघ १२, २०७७
Trending

शिक्षक र विद्यार्थीको कोरोना बिमा


सुर्खेत  :  कोरोना भाइरस (कोभिड–१९) का कारण गत चैत ११ गते देखी ठप्प भएका विद्यालय पुन सुचारु गर्ने तयारी गरिरहेका बेला सुर्खेतको एक विद्यालयले विद्यालयमा रहेका विद्यार्थी र शिक्षकको बिमा गर्दै नमुना काम गरेको छ । कोभिड–१९ लागि हाल उपचारको सहजताका लागि कोरोना बिमा गरिएको जनाएको छ ।
महामारीको रूपमा फैलिएको कोरोना भाइरसको जोखिमलाई बहन गर्न कोरोना बिमा गरिएको होराइजन एकेडेमीका प्रिन्सिपल घनश्याम खड्काले जानकारी दिए । उनले विद्यालयका शिक्षक, कर्मचारी र विद्यार्थीको उपचारमा सहज हुने अपेक्षाका साथ बिमा गरिएको जानकारी दिए । ४० जना शिक्षक र विद्यालय कर्मचारीसँगै र कक्षा १० का ३४ जना विद्यार्थीको कोरोना बिमा गरिएको प्रिन्सिपल खड्काले जानकारी दिए । उनले भने अहिले कक्षा १० का विद्यार्थीको मात्र बिमा गराएका छौं, उनले भने विस्तारै सबै विद्यार्थीको बिमा गराउँछौं ।

कोरोना बिमा गर्ने कर्णालीकै पहिलो सुर्खेत होराइजन एकेडेमी नै भएको उनको दाबी छ । सुरक्षाका उपाय अपनाउँदा अपनाउँदै पनि विद्यार्थी तथा कर्मचारीमा कहिँकतै कोरोना संक्रमण भइहाले उपचारमा समस्या हुन नदिन कोरोना बिमा गरिएको सुर्खेत होराइजन एकेडेमीले जनाएको छ । यसले शिक्षक शिक्षिका, विद्यालय कर्मचारी र विद्यार्थीको सुरक्षित र आत्मबलका साथ कार्यक्षेत्रमा खटिउन भन्ने उद्देश्यले कर्मचारी तथा विद्यार्थीको कोरोना बिमा गरिदिएको प्रिन्सिपल खड्काले बताए ।

शिक्षक र विद्यार्थीको बिमा नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडसँग सहकार्य भएको उनले जनाएका छन् । एक लाख बराबरको संस्थागत, पारिवारिक कोरोना बिमा गर्दा प्रति सदस्य ६ सय र ५० हजार बराबरको गर्दा तीन सय बिमा शुल्क लाग्ने र त्यहीँ बिमा व्यक्तिगत गर्दा क्रमश एक हजार र पाँच सय लाग्ने बताइएको छ बिमा अवधि आउँदो चैत महिनासम्म हुने र बिमा दाबी पिसिआर परीक्षण गर्दा कोरोना पुष्टि भएको हुनु पर्नेछ । साभार

error: Content is protected !!