Loading... आजः मङ्लबार, भदौ २५, २०८१
Trending

तिला नदीमा र्‍याफ्टिङ परीक्षण सफल


जुम्ला :  जुम्लामा पहिलो पटक र्‍याफ्टिङ परीक्षण सफल भएको छ। सफल भएसँगै साउन एक गतेदेखि जुम्लाको तिला नदीमा र्‍याफ्टिङ सञ्चालन गरिएको छ। पहिलो पटक जुम्लामा व्यवसायिक रुपमा र्‍याफ्टिङ सञ्चालनमा ल्याइएको गो कर्णाली ट्राभल्स एण्ड टुरले जनाएको छ। अहिले लामो तथा छोटो दुरीको प्याकेज बनाएर र्‍याफ्टिङ चलिरहेको छ।

र्‍याफ्टिङका लागि जुम्लामा दुई वटा बोट ल्याइएको छ। गो कर्णालीका सञ्चालक ललित महतले अफ सिजनमा पनि तिला नदीमा र्‍याफ्टिङ चलाउन उपयुक्त रहेको बताए। उनले भने, ुर्‍याफ्टिङमा यात्रा गर्ने यात्रुलाई सुरक्षाका साधन प्रयोग गरिन्छ, एक दिनमा एक पटक र्‍याफ्टिङ चलिरहेको छ।ु आन्तरिक तथा बाह्य पर्यटकको बसाई लम्ब्याउने र साहसिक तथा जल पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ तिला नदीमा र्‍याफ्टिङ सञ्चालनमा ल्याइएको उनले जानकारी दिए।

हिउँदको सिजनमा पानीको वहाव हेरेर सानो र्‍याफ्टिङ चलाउने तयारी भइरहेको संञ्चालक उनले बताए। महतका अनुसार छोटो प्याकेज अन्तर्गत दानसाँघु देखि श्रीढुस्कासम्मको प्याकेजका प्रतिव्यक्ति एक हजार रुपैयाँ शुल्क लाग्नेछ। लामो प्याकेज दानसाँघुदेखि राँकासम्म तोकिएको छ। यहाँ सम्म प्रति व्यक्ति दुई हजार रुपैयाँ शुल्क लाग्नेछ।फुल डे प्याकेजु का लागि २० हजार रुपैयाँ तोकिएको छ। र्‍याफ्टिङ पर्यटकहरूका लागि रैथाने खाना र नास्ताको व्यवस्था समेत गरिने बताइएको छ।साभार थाहाखवर