Loading... आजः बिहिबार, कार्तिक ११, २०७८
Trending

कर्णालीमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टी


दैलेख  :  कर्णाली प्रदेशमा सोमवार थप ३१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, दैलेख अस्पताल र चौरजहारी नगरपालिका प्रयोगशाला रुकुम पश्चिममा गरिएको परीक्षणमा ३१ जनामा कोरोना संक्रमण पुष्टी भएको हो  ।
प्रदेश अस्पतालमा गरिएको परीक्षणमा १ जना, दैलेख अस्पतालमा गरिएको परीक्षणमा २८ जना र चौरजहारी नगरपालिकाको प्रयोगशालामा गरिएको परीक्षणमा २ जनामा संक्रमण पुष्टी भएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत तथा जनस्वास्थ्य शाखा प्रमुख नवराज कँडेले जानकारी दिए यो संगै कर्णालीमा संक्रमितको संख्या एक हजार ९ सय ९० पुगेको छ ।

यस्तै सोमवार १४ जना कोरोना संक्रमणमुक्त भई घर फर्किएका छन् । प्रदेश अस्पताल सुर्खेतबाट ३ जना, सुर्खेतको वीरेन्द्रनगर आइसोलेसनबाट १० जना र स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट १ जना संक्रमणमुक्त भई घर फर्किएको कँडेलले बताए । यो संगै एक हजार ६ सय ५८ जना संक्रमणमुक्त भएका छन् ।

हाल कर्णालीमा २ सय २६ जना सक्रिय संक्रमितको विभिन्न अस्पताल र आइसोलेसनमा उपचार भइरहेको छ । हालसम्म कर्णाली प्रदेशमा ६ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ ।

error: Content is protected !!