Loading... आजः बुधबार, मंसिर १२, २०८१
Trending

विद्यालय संचालन गर्न कार्यविधि निर्माण गर्दै सरकार

काठमाडौ : सरकारले कोरोना संक्रमणदर घट्दै गएको भन्दै विद्यालयमा पठन–पाठन खोल्ने तयारी गरेको छ। महामारी नियन्त्रण गर्न लगाइएको लकडाउनका कारण तीन महिनादेखि विद्यालय बन्द हुँदा विद्यार्थीहरूको पढाई अस्तव्यस्त भएपछि सरकार विद्यालय खोल्ने तयारीमा जुटेको हो। तीन महिनादेखि पठन–पाठन ठप्प हुँदा यतिखेर देशभर शैक्षिक गतिविधि ठप्प छ।

नयाँ शैक्षिकसत्र सुरू भएको तीन महिना नाघिसकेको छ। विद्यालयहरूलाई स्थानीय सरकारले विदेश तथा अन्यत्रबाट आउने र कोरोना संक्रमित राख्ने क्वारेन्टाइन एवम्‌ आइसोलेसन केन्द्रका रूपमा प्रयोग गरिरहेका छन्‌।​शिक्षा मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानवस्रोत विकास केन्द्रका निर्देशक गेहनाथ गौतमले कोभिड–१९ को महामारी तत्काल नियन्त्रणमा नआउने सम्भावना देखिएको र लामो समयसम्म विद्यालय बन्द गरेर राख्नु उपयुक्त नभएकाले अन्य सरकारी कार्यालय जसरी नै विद्यालय पनि क्रमशस् खोल्दै जाने तयारी रहेको जानकारी दिएका छन्‌।