Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

दैलेखका दुई विद्यालय सहित सरकारले छान्यो नमुना विद्यालय

काठमाडौं  : सरकारले देशभरबाट १०० वटा नमुना विद्यालय छनोट गरेको छ। विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखाले बुधबार देशभरका १०० विद्यालयलाई नमुना विकासका लागि छनोट गरेको हो। शिक्षा मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्र अन्तर्गतको विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखाका अनुसार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको बुधबार बसेको मन्त्रीस्तरीय बैठकले विद्यालयहरु छनोट गर्ने निर्णय गरेको हो।
प्रस्तुत विषयमा यस केन्द्रबाट आर्थिक वर्ष २०७६र०७७ मा विगतमा नमुना विकासका लागि विद्यालयहरू छनोट नभएका स्थानीय तहअन्तर्गत १०० वटा विद्यालयहरू नमुना विकासका लागि छनोट गर्न मिति २०७६ असोज १६ गतेको गोरखापत्रमा सूचना प्रकाशन गरी आह्वान गरिएअनुसार आवेदन गरेका विद्यालयहरू मध्येबाट नमुना विद्यालय विकास एवम् सञ्चालन निर्देशिका २०७४ (पहिलो संसोधन २०७५ सहित) अनुसार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय (मन्त्रीस्तर) को मिति २०७७/३/३१ को निर्णय अुसार विद्यालयहरू छनोट गरेको हो । देशभरका एक सय विद्यालय मध्ये दैलेखको दुई वटा विद्यालय नमुना विद्यालयका लागि छनौट भएका छन । दैलेखको नारायण नगरपालिका वडा नः १ मा रहेको त्रिभुवन उच्च माद्यामिक विद्यालय र भगवतिमाई गाउँपालिकाको वडा न  ७ मा रहेको भैरव माद्यामिक विद्यालय नमुना विद्यालयका लागि छनोटमा परेको छ ।