Loading... आजः मङ्लबार, साउन १९, २०७८
Trending

बजेट भाषण गरेबापत गाउँपालिकाका अध्यक्षले लिए २ लाख रुपैयाँ

काठमाण्डौ : बजेट भाषण, नीति तथा कार्यक्रम प्रस्तुत गरेबापत पालिकाका जनप्रतिनिधिले दुई लाख रुपैयाँसम्म भत्ता लिने गरेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले प्रकाशन गरेको ५७ औँ प्रतिवेदनअनुसार जुम्लाको सिञ्जा गाउँपालिकाका अध्यक्ष देवलसिंह रावलले नीति तथा कार्यक्रम प्रस्तुत गरेबापत दुई लाख रुपैयाँ पारिश्रमिक लिनुभएको छ । यस्तै कैलालीको जानकी गाउँपालिका, दैलेखको गुराँस र डुण्डेश्वर गाउँपालिकाका उपाध्यक्षले एक लाख रुपैयाँ लिएका छन् ।

महालेखाको प्रतिवेदनले भनेको छ, ‘जानकी गाउँपालिका कैलालीले २०७५ असार ३२ गतेको गाउँ सभाको निर्णय नम्बर २० मा २०७५र७६ को बजेट तयारी तथा बक्तव्यबापत गाउँपालिका उपाध्यक्षलाई एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।२०७५र७६ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेबापत जुम्लाको पातारासी गाउँपालिकाकी उपाध्यक्षलाई ५० हजार रुपैयाँ, सिञ्जा गाउँपालिकाको अध्यक्षलाई दुई लाख रुपैयाँ, तातोपानी गाउँपालिकाकी उपाध्यक्षलाई ९५ हजार रुपैयाँ, चन्दननाथ नगरपालिकाकी उपप्रमुखलाई एक लाख रुपैयाँ, लोहारपट्टी नगरपालिका महोतरीले उपप्रमुखलाई ५० हजार रुपैयाँ, दैलेखको भैरवी, गुराँस र डुङ्गेश्वर गाउँपालिकाकी उपाध्यक्षलाई क्रमशः एक लाख, ५० हजार र २५ हजार रुपैयाँ खर्च लेखेको देखियो ।

साभार नयाँपत्रिका 

error: Content is protected !!