आफु अपमानित भएपनि जनता बचाउँने दायित्व सम्झेर काम गरेका छौ : अध्यक्ष शाही
विश्व कोरोना भाइरस सङ्क्रमणका कारण आक्रान्त बनिरहेको छ । नेपाल सरकारले पनि कोरोनाको महामारी बाट बच्नका लागि गत चैत ११ गते देखी लकडाउन ग¥यो । सरकारले गरेको लकडाउनका बिचमा पनि भारत लगायत तेस्रो मुलुक बाट जन्मथलो फर्कनेहरू धमाधम फर्किए । विशेष गरी भारत सरकारले रेल सेवा सुचारु गरेपछि भारतका विभिन्न सहरहरूमा रोजगारीका लागि गएका नेपालीहरू सिमा नाकामा अलपत्र परेपछि सम्बन्धित स्थानीय सरकारले आफ्ना नागरिकलाई उद्धार गरेर गाउँपालिकामा ल्याए । उद्धार गरेर ल्याएपछि उनीहरूको व्यवस्थापन र स्वास्थ्य परीक्षणमा ढिलाइ हुँदा उद्धार गरेर ल्याएका नागरिक नै स्थानीय सरकार विरुद्ध नारा लगाउनु पर्ने वातावरण किन सिर्जना भयो । कोरोना महामारीका कारण विकास निर्माणका काममा कस्तो प्रभाव प¥यो, अव वडामा फर्किएका नागरिकका लाई कसरी रोजगारीमा जोड्न सकिन्छ । यसै सन्दर्भमा भैरवी गाउँपालिका वडा न : का वडा अध्यक्ष बीरेन्द्र शाही सँग मेरो कर्णाली अनलाइनले गरेको संम्क्षीप्त कुराकानीको अंश
१. आज भोलि के मा ब्यस्त हुनुहुन्छ ?
आज भोलि मुख्यतया विश्वभरी फैलिएको कोरोना भाइरस(कोभिड–१९)को महामारी बाट विश्व आक्रान्त भएको बेला हाम्रो भैरवी गाउँपालिका यो महामारीको अछुतो रहन सकेन । अहिले भारत बाट आउँने नागरिकहरुको उद्दार र उनीहरुको स्वास्थ्य परीक्षण कार्यलाई तिब्रता दिन रातदिन नभनेर लागि परेको छु ।
२.तपाईको वडामा कति जना नागरिक भारत लगायत तेस्रो मुलुक बाट भित्रिए ?
भैरवी गाउँपालिका वडा नः ४ मा बिशेष गरी हाम्रो छिमेकी मुलुक भारत लगायत तेस्रो मुलुक बाट ३ सय ८० वडाबासी फर्किएका छन । उहाँहरुलाई नेपालगञ्जको रुपडिया नाका देखी उद्धार गरेर ल्याएका छौ । उहाँहरुको आउँने क्रममा रोकिएको छैन । आवश्यक भएको खण्डमा यो अभियान निरन्तर चल्नेछ ।
३. उनीहरुको व्यवस्थापनका लागि कति वटा स्थानमा क्वारेन्टाइन र आइसोलेसन निर्माण गर्नुभएको छ ?
कोरोना भाइरस संक्रमणका कारण भारत लगायत तेस्रो मुलुक बाट आउँने नागरिक दैनिक रुपमा बढ्दैछन । उनीहरुलाई उद्धार गरेर ल्याएर राख्नु पर्ने अर्को ठुलो समस्या भयो । उद्धार गरेर ल्याएकाहरु एकै स्थानमा राख्नका लागि हामी संग ठाउँको अभाव भयो त्यसका कारण हामीले सामुदायिक विद्यालय, निजी विद्यालय र अन्य भवनमा गरी नौ स्थानमा क्वारेन्टाइनमा निर्माण ग¥यौ । त्यसैमा राखेका छौ ।
४.भारत बाट भित्रिएकाहरु उद्धार कसरी गर्नुभयो ?
भैरवी गाउँपालिका वडा न ः ४ मात्र नभएर हाम्रो गाउँपालिकाका ७ वटै वडाका आम दाजुभाईहरु रोजगारीका लागि भारत लगायत तेस्रो मुलुक जाने समस्या छ । नेपालमा रोजगारीको अभाव हुनु र बिशेष गरी स्थानीय तहमा रोजगारी सिर्जना गर्न नसक्दा हाम्रो गाउँपालिका मात्र होईन नेपाल भर त्यो समस्या छ । भारतमा कोरोना भाइरस संक्रमणले तिब्र रुप लिन थालेपछि नेपाल फर्केपछि सुरक्षीत हुन्छौ की भनेर उहाँहरु धेरै दुख पाएर नेपालको नाका सम्म आउनुभयो । जिल्लाका सबै स्थानीयले तहले आ आफ्ना नागरिकको उद्धार गर्न वडाअध्यक्ष तथा कार्यपालिका सदस्य र स्वयम अध्यक्षहरुले सामाजिक संजाल मार्फत सुचना जारी गरेपछि भारतमा अलपत्र नागरिकहरुका लागि सजिलो माध्ययम भयो । उहाँहरुले हामी यो स्थानमा आएको छौ यति संख्यामा छौ भन्ने सन्देश पठाए संगै उहाँहरुलाई उद्धार गर्न सजिलो भयो अन्य स्थानीय तहमा कसरी व्यवस्थापन गरे थाहा भएन मैले भने आफ्नो वडा तथा गाउँपालिकाका नागरिकको उद्धारका लागि गाडि व्यवस्थापन आफै गरेर ल्याए पछि त्यसैलाई गाउँपालिकाले अनुमोदन ग¥यो ।
५. कोरोना महामारीका कारण विकास निर्माणका काममा कतिको प्रभाव प¥यो ?
कोरोना भाइरस संक्रमणका कारण विश्वका शक्तिशाली राष्ट्रहरु समेत प्रभावित भएको बेला हामी जस्तो अतिकम विकसित देशका नागरिक प्रभावित नहुने कुरै भएन । भारत बाट आएका हाम्रा दाजुभाईहरुमा कोरोना संक्रमण धमाधम देखिन थाल्यो । हामीले निर्माण गरेका क्वारेन्टाइनको बसाई देखी उनीहरुको स्वास्थ्य परीक्षण समयमै गर्न नसक्दा समस्या सिर्जना भयो । सरकारले चैत ११ देखी लकडाउन गरेपछि त्यसको मार बिशेष गरी निर्माण क्षेत्रमा प¥यो । हामीले स्थानीय स्तरमा रहेका युवालाई विकासमा जोडेर भएपनि हाम्रा विकास निर्माणका कामहरु संचालन गर्ने गरेपनि लकडाउनका कारण बजारमा समेत निर्माण सामाग्रीको अभाव सिर्जना भएपछि विकास निर्माका कामहरु अधुरा र अपुरै अवस्थामा छन । तर पनि हामीले केही महत्वपुर्ण विकास निर्माणका कामहरु सरकारले तोेकेको सामाजिक विकासका कामहरु अगाडी बढाएका छौ ।
६.क्वारेन्टाइनमा बसेकाहरुले तपाई माथी दुव्र्यवहार गरे भनिन्छ किन गरेका हुन । त्यसको वास्तविकता के हो ?
गाउँपालिकामा भारत लगायत तेस्रो मुलुक बाट नागरिकको सख्या र हामीले निर्माण गरेको क्वारेन्टाइन र आइसोलेसन बेड निर्माण कम भयो । गाउँपालिकाले अनुमानित गरेको सख्यामा भन्दा बढि नागरिक गाउँपालिकामा भित्रिए पछि पक्कै पनि हामीलाई समस्या नहुने कुरै भएन । त्यो हुदाँ व्यवस्थापन कमीकमजोरी पक्कै भएका छन । गाउँपालिकाले सके सम्म सबै खाले समस्या समधान गर्दा गर्दै पनि गाउँपालिकाका अध्यक्ष, निमित्त प्रमुख प्रशासकिय अधिकृत र म माथी क्वारेन्टाइनमा बसेकाहरुले दुव्र्यवहार गरे । उनीहरुको आक्रोस सहि भएपनि त्यसमा हामीले केही गर्न सक्ने अबस्था थिएन । किन भने हामीले पिसीआर परीक्षणको रिर्पोट तत्काल निकाल्ने अवस्था थिएन त्यो हाम्रो मात्र होइन सबै स्थानीयको हो । तर पनि जनता बचाउने दायित्व सम्झेर काम ग¥यौ र त्यसमा राम्रो काम गर्दा पनि जस पाउने रहेछ भन्ने भान भएपनि हामी आफ्नो पालिकाका जनताको स्वास्थ्य प्रति जिम्मेवार भएर काम ग¥यौ ।
७. तपाईको वडामा यो आर्थिक वर्षमा कति योजना थिए । तीनीहरुको प्रगति के भइरहेका छ ?
यो आर्थिक बर्षमा मेरो वडामा गाउँपालिका १४ वटा योजनाहरु र केही गाउँपालिकाको समपुरक र साझेदारीमा संचालीत योजनाहरु थिए । उक्त योजनाहरु सरकारले लकडाउन गर्नु पुर्ब नै हामीले सबै योजनाहरुको टेन्डर प्रक्रिया पुरा गरेर आधा भन्दा बढि काम गरिसकेका थियौँ । तर केही योजनाहरु लकडाउनका कारण सम्झौता हुन नसक्दा कामहरु रोकिएका छन । तर पनि आर्थिक बर्षमा नसकेको खण्डमा बजेट फ्रिज जाने समस्या कारण हामीले सामाजिक दुरी कायम गरेर काम गरिरहेका छौ ।
८. निर्वाचनको बेला जनताको बिचमा गरिएका प्रतिबद्धताहरु कतिको कार्यन्वयन भए ?
निर्वाचनको बेला हामीले जनताका बिचमा गरेका अधिकाँस प्रतिबद्धताहरु पुरा गरेका छौ । केही योजना दिर्घकालिन महत्वका योजनाहरु छन । ती योजनाहरुको पनि काम भइरहेको छ । निर्वाचनमा भने जस्तै सडक,शिक्षा,स्वास्थ्य खानेपानी, बिद्युत भनेका थियौ ति सबै काम भइसकेको छन र केही निर्माणको अन्तीम चरणमा छन । हामीले निर्वाचनमा गरेका प्रतिबद्धता मात्र होईन त्यो भन्दा बढि राम्रो र प्रभावकारी कामहर गरेका छौ । मेरो वडा गाउँपालिकाकै नमुना बनाउँने अभियानमा छु ।
९.गाउँपालिकाले आफ्ना नागरिकको कोरोना परीक्षणका लागि आरडिटि किट र पिसिआर किट किन्यो भन्ने छ कति किन्नुभयो ?
भारत लगायत तेस्रो मुलुक बाट गाउँपालिकामा भित्रिएका नागरिकको स्वास्थ्य परीक्षण गर्न ढिलाई भयो । क्वारेन्टाइनमा बसेकाहरुले गाउँपालिका र जनप्रतिनिधिकै कारण स्वास्थ्य परीक्षण रोकिएको जस्तो गर्न थाल्नुभयो । उहाँहरुको अत्यासलाई मध्य नजर गरेर गाउँपालिकाले आरडिटि परीक्षण किट र पिसिआर परीक्षणको लागि कटि किन्ने सहमति पछि केही गाउँपालिका र केही अन्य बाट गरेर आवश्यक आरडिटी किट ब्यवस्था ग¥यौ र त्यस मध्ये १६ सय जनाको आरडिटि परीक्षण गर्दा २८ जनाको आरडिटि परीक्षण रिर्पोट पोजेटिभ आयो । आरडिटि मात्र नभएर पिसिआर परीक्षणलाई प्रभावकारी बनाउन विभिन्न निकाय संग समन्वय गरिरहेका छौ ।
१०.अन्त्यमा के भन्न चाहानु हुन्छ ।
अन्त्यमा भैरवी गाउँपालिका र वडा न ः ४ले गरेको विभिन्न विकास निर्माण र कोरोना भाइरस जोखिम न्युनीकरण का लागि गरेका प्रयासका बारेमा कुरा राख्ने मौका दिएकोमा तपाई र तपाइको संचार माध्यम लाई धन्यबाद दिन चाहान्छु । विश्वभरी फैलिएको कोरोना भाइरस बाट बच्नका लागि गाउँपालिका र जिल्लावासी सबैमा अनुरोध गर्न चाहन्छु । यो बाट बच्नका सरकारले निर्देशन दिए अनुसार सामाजिक दुरीलाई पालन गर्नु पर्ने आजको आवश्यकतालाई सबैले बुझिदिन अनुरोध गर्दछु । यो महामारीको विषम परिस्थीतीमा समेत जनताको उद्धारमा खटिने सबैमा हार्दिक अध्यबाद दिन चाहन्छु । आगामी दिनमा पनि यहाँहरुको साथ सहयोगको अपेक्षा गर्दछु ।