Loading... आजः आइतवार, जेष्ठ ६, २०८१
Trending

सञ्चार कर्मीलाई मनघरी फाण्डेशनको सहयोग


दैलेख : कोरोनाको बढ्दो जोखिमका बिच पनि फिल्डमै खटिएर नागरिकलाई सही सूचना दिने काममअग्र मोर्चामा रहेका संचारकर्मीहरुका लागि सुरक्षा सामाग्री वितरण गरिएको छ । मन घरी फाण्डेशन कामठामाण्डौको सहयोग र नेपाल पत्रकार महासङ्घ दैलेखको समन्वयमा दैलेखका ३० जना सञ्चार कर्मीहरूलाई उक्त सामाग्री मन घरी फाण्डेशनका सल्लाहकार डाक्टर रबिन खड्का र दिपा शर्माले दैलेखमा पुगेर हस्तान्तरण गरेका छन । सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै सल्लाहकार डाक्टर रबिन खड्काले दैलेख कोरोनाको इपिसेन्टर हुने अवस्था हुँदा पनि जनतालाई सत्य तथ्य सूचना सम्प्रेषण गरेको भन्दै सञ्चार कर्मीहरूका लागि सुरक्षा सामाग्री वितरण गरेको बताए । उनले पत्रकारको सुरक्षाका लागि प्रेस ज्याकेट, सेनेटाइजर र मास्क उपलब्ध गराएको बताए । मन घरी फाण्डेशनले आफ्नो स्थापनाकाल देखी नै नेपाल त्यसमा पनि कर्णालीका लागि विभिन्न विद्यामा सहयोग गरेको भए पनि पछिल्लो समय कोरोना महामारीका लागि आवश्यक स्वास्थ्य सामाग्री वितरण गरेको बताए ।
फाण्डेशनका सल्लाहकार दिपा शर्माले दैलेखमा फैलिएको कोरोना महामारीको विषयमा कलम उठाएर सरकार, र जनप्रतिनिधिलाई पिसिआर मेसिन खरिद गर्न बाध्य सञ्चार कर्मीलाई धन्यबाद दिइन । उनले भनिन हामी सबैको प्रयास बाट दैलेखमा पिसिआर मेसिन खरिद गरिएको छ त्यसको लागि प्रतिनिधि सभा सांसद रबिन्द्र शर्मा र त्यसमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैलाई धन्यवाद दिइन । दैलेखमा जिल्लाका सञ्चार कर्मीऊर्जावान् भएको भन्दै आगामी दिनमा पनि दैलेखी जनताले भोगेको समस्या र विशेष गरी कोरोना महामारीका विषयमा कलम चलाउन आग्रह गरिन । तपाईँहरूले चलाएको कलमका कारण जनतालाई सूचना छिटो पुग्ने र कोरोना लाग्दैमा मृत्यु हुन्छ भन्ने भ्रम बाट आम नागरिकलाई जनाकारी गराउनु आजको आवश्यकता भएको बताइन । उनले आफ्नो तर्फ बाट पनि दैलेखका पत्रकारहरूका लागि मास्क र सेनिटाईजर उपलब्ध गराएकी छिन ।
पिसिआर परीक्षणका लागि दैलेख पुगेको ल्याब इन्चार्ज सागर शाहीले अबको केही दिन भित्र पिसिआर मेसिन जडान सँगै परीक्षण कार्यलाई तीव्रता दिने बताए । उनले दैलेख कोरोनाको इपिसेन्टर भएपछि बाग्मती प्रदेश बाट काज मिलाएर दैलेखी जनताको सेवा गर्न दैलेख आएको बताउँदै आफूले जति सक्यो छिटो रिर्पोट निकाल्ने प्रयासमा आफू रहने बताए । नेपाल पत्रकार महासङ्घका जिल्ला अध्यक्ष चक्र केसीले जिल्लाका सञ्चार कर्मीले अहिले सम्म खेलेको भूमिकाको चर्चा गर्दै पत्रकारहरूका लागि सुरक्षा सामाग्री दिने मन घरी फाण्डेशन प्रति हार्दिक अभार व्यक्त गरेका छन् । उनले कोरोनाको महामारी बाट बचेर जनतालाई सही सूचना दिन र कोरोना लाग्दैमा केही नहुने खालाका समाचार सम्प्रेषण गर्न सञ्चार कर्मी सँग आग्रह समेत गरेका छन् ।