Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

दैलेखमा झर्‍यो पिसिआर मेसिन

स्वास्थ्य सामाग्री लिएर राज्यमन्त्री पनि दैलेख आउँदै


कमल शर्मा/मदन बिक

 लामो समयमाको प्रतीक्षा पछि दैलेखमा पिसिआर मेसिन आइपुगेको छ । प्रतिनिधि सभा सदस्य रबिन्द्र शर्माले पिसिआर मेसिन लिएर दैलेखमा पुगेका हुन । अस्पताल विकास समितिका अध्यक्ष लामेन शर्माले दिएको जानकारी अनुसार पिसिआर मेसिन दैलेखमा आइपुगेको र पशु अस्पतालमा राख्ने तयारी भएको बताए । दैलेखमा कोरोना भाइरस सङ्क्रमण समुदाय स्तरमा फैलिन थालेपछि प्रतिनिधि सभा सदस्य रबन्द्रि शर्माले  निर्वाचन क्षेत्र पुर्वाधार विकास कोषको रकमवाट  मार्फत उक्त मेसिन खरिद गर्नका लागि एक करोड ८ लाख रकममा खरिद गरिएको थियो ।
प्रतिनिधि सभा सदस्य रविन्द्र शर्माले पिसिआर मेसिन लिएर दैलेखमा पुगे सँगै सङ्घीय सरकारका स्वास्थ्य तथा जनसङ्ख्या राज्य मन्त्री नवराज रावतको टोली आवश्यक औषधी बोकेर दैलेख आउँदै गरेको उनको सचिवालयले जानकारी दिएको छ । मन्त्री रावतका स्वकीय सचिव टोपेन्द्र बिसीले दैलेखमा देखिएको कोरोनाको महामारीको विषयमा जानकारी लिन र त्यसका लागि आवश्यक पर्ने औषधी बोकेर मन्त्री जिल्ला आउँदै गरेको बताए । उनले दैलेख लगायत देशका ४ जिल्ला कोरोनाको उच्च जोखिममा रहेको स्वास्थ्य मन्त्रालयको निष्कर्ष अनुसार मन्त्री नै दैलेख पुग्ने र यहाँका अवस्थाका बारेमा जानकारी लिएर थप औषधि र चिकित्सक टालि जिल्ला पठाउने तयारीमा रहेको बताए । उनले दिएको जानकारी अनुसार शनिवार साँझ सम्म मन्त्री दैलेख पुग्ने कार्यक्रम रहेको बताए ।

प्रतिनिधि सभा सदस्य रविन्द्र शर्माले पिसिआर मेसिन जडान गरे सँगै आवश्यक जनशक्तिको व्यवस्थापन गरी जनतालाई सेवा दिन तयारी गरिरहेको बताए । उनले नेपाल सरकार सँग आग्रह गर्दा तत्काल मेसिन खरिद गर्ने नसक्ने बताए पछि निर्वाचन क्षेत्र पुर्वाधार विकास कोषको रकमवाट संचालन हुने योजना लाई कटौती गरेर  मेसिन खरिद गरेको बताए । उनले भने जनता बँचाउने प्रमुख दायित्व हो जनता बचे विकास पछि गर्न सकिन्छ त्यसैले अहिलेको आवश्यकता भनेको जनताको पिसिआर परीक्षण गर्ने र उपचार गर्ने नै हो । उनले भने आफूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत भेटेर दैलेखको समस्याका बारेमा जानकारी गराएपछि उहाँकै निर्देशन अनुसार राज्यमन्त्री औषधी लिएर दैलेख आउन लागेको बताए । उहाँले जिल्लाका सरकारले सबै नागरिकको पिसिआर परीक्षण गर्नका लागि समेत पहल थालिने बताए ।

नारायण नगरपालिका दैलेखका नगर प्रमुख रत्न बहादुर खड्काले अहिले क्वारेनटाइन बसेकाहरूले रिर्पोट ढिला भएको भन्दै आन्दोलन गरिरहेको बताउँदै अव उनीहरूले आन्दोलन गर्ने दिन चाँडे समाप्त हुने बताए । नारायण नगरपालिकाले प्रतिनिधि सभा सांसदले खर्च गर्न पाउने निर्वाचन क्षेत्र विकास कार्यक्रम मार्फत उक्त मेसिन खरिद गरिएको र त्यसको अगुवाइ नारायण नगरपालिकाले गरेको बताए ।

स्वास्थ्य सेवा कार्यालय दैलेखका इन्चार्ज डाक्टर निरञ्जन पन्तले कोरोना परीक्षणका लागि आवश्यक पर्ने पिसिआर मेसिन जडान गरिए एक स्वाब दिएको केही बेरमै रिर्पोट निकाल्न सक्ने बताए । उनले कर्णालीका २ जिल्लामा मात्र पिसिआर मेसिन हुँदा परीक्षणमा ढिला भएको हो अव दैलेखमा पिसिआर मेसिन जडान भए स्वाब सङ्कलन गरेको दिनमै रिर्पोट निस्कने बताए ।