Loading... आजः मङ्लबार, कार्तिक २, २०७८
Trending

कर्णालीका तीन जिल्लाका नौ जनामा कोरोना संक्रमण

दैलेख  : कर्णाली प्रदेश तीन जिल्लाका नौ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा पीसीआर विधिबाट परीक्षणमा दैलेखको भैरवी गाउँपालिका वडा नम्बर २ का १४ र १७ वर्षका पुरुषमा कोरोना देखिएको छ भने सुर्खेत जिल्लाको भेरीगंगा नगरपालिका वडा नम्बर १ मा १८ र २६ वर्षका पुरुष, २ नम्बरमा ४८ वर्षका पुरुष, ६ नम्बरमा २५ वर्षका पुरुष, ८ नम्बरमा २१ व्र्षका पुरुष र ११ वडामा ३६ वर्षका महिलामा कोरोना देखिएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा लक्ष्मी नारायण तिवारीले बताए।
त्यसैगरी जाजरकोट जिल्लाको छेडगाड गाउँपालिका वडा नम्बर ४ का ३८ वर्षका पुरुषमा पनि कोरोना पुष्टि भएको छ। संक्रमण पुष्टि भएकाहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका छन्। अब कर्णालीमा कोरोना पुष्टि भएको संख्या एक हजार २३३ जना पुगेको छ। अब कर्णालीमा कोरोना जित्नेको संख्या ५०८ जना पुगेको छ। मृत्यु संख्या पनि संख्या पनि चार पुगेको छ।

error: Content is protected !!