Loading... आजः शनिबार, बैशाख १५, २०८१
Trending

दैलेखमा कोरोना जितेर घर फर्कनेको सख्या बढ्दै

दैलेख  :  दैलेखमा कोरोना संक्रमणको उच्च जोखिम बढ्दै गएपनि कोरोना संक्रमित पछि उपचार गरेर घर फर्कने बढ्दै गएका छन । सरकारले दैलेख सहितका ४ जिल्ला कोरोनाको उच्च जोखिम रहेको र कोरोना संक्रमण पनि तिब्र रुपमा बढ्दै गएको बताएपनि जिल्लामा भने कोरोना जितेर जानेको सख्या बढ्दै गएको स्वास्थ्य सेवा कार्यालय दैलेखले जनाएको छ ।
स्वास्थ्य सेवा कार्यालय दैलेखका कोरोना फोकल पर्सन थीर प्रसाद रेग्मीले बिहिवार सम्म ३३४ जनाले कोरोना जितेर घर फर्केको बताए । उनले कोरोना जितेर घर फर्कने मध्ये नारायण नगरपालिका १८८ जना,दुल्लु नगरपालिका बाट ३४ जना महावु गाउँपालिका बाट १०७ जना,डुगेश्वर गाउँपालिका बाट ३ जना,गुराँस गाउँपालिका बाट २ जना गरी जम्मा ३३४ जना कोरोना जितेर घर फर्किएको जानकारी दिए । जस अनुसार ३३४ मध्ये पुरुष ३११ र महिला २३ जना रहेको छन ।
जिल्लामा ७२१ जना कोरोना संक्रमित मध्ये ३३४ जना कोरोना जितेर घर फर्किएका छन । कोरोना जितेर घर फर्केकाहरुले आत्मवल बलियो बनाउँन सके कोरोनालाई परास्त गर्न सक्ने भन्दै आत्मबल बलियो बनाएर बस्न अन्य कोरोना संक्रमितलाई आग्रह गरेका छन । नारायण नगरपालिका वडा ३ का २२ बर्षिय कोरोना जितेर घर फर्केका पुरुषले कोरोना संक्रमण लाग्दैमा केही पनि नहुने बताए । उाले १६ दिन जति आइसुलेसन वार्डमा बस्दा कुनै समस्या नभएको बताए ।