सोती घटनाका आरोपी ३४ जना विरुद्ध मुद्दा दायर
काठमाडौँ : पश्चिम रुकुमको सोती गाँउमा ६ जना युवकको ज्यान गएको घटनामा जिल्ला अदालतमा ३४ जना विरुद्ध मुद्दा दायर भएको छ । उनीहरुमाथि क्रुरतापूर्वक हत्या, ज्यान मार्ने उद्योग र जातीय भेदभावको आरोप लगाइएको छ । महान्यायाधीवक्ता कार्यालयका प्रवक्ता सञ्जिव रेग्मीले क्रुरतापूर्वक हत्याको अभियोगमा संलग्नमाथि जन्मकैदको माग गरिएको बताए । उनका अनुसार ३४ मध्ये २ जनालाई बालिबालिकाको श्रेणीमा राखि कारबाहीको माग गरिएको छ ।