Loading... आजः बिहिबार, फाल्गुन २०, २०७७
Trending

सरिता गिरीलाई पार्टी र सांसद बाट हटाउने तयारी


काठमाडौ  : समाजवादी पार्टीले सांसद सरिता गिरीलाई पार्टी र सांसद दुबै पदबाट हटाउने भएको छ । नक्सासम्बन्धी संविधान संशोधन प्रस्तावको विरुद्धमा उभिएकी गिरीलाई पार्टीको ह्विप उल्लंघन गरेका कारण हटाउन लागिएको समाजवादी पार्टीका एक नेताले बताए । उनले पार्टीको निर्णय विपरीत संसदमा विधेयक प्रस्तुत गरेकी थिइन । पार्टीले त्यो संशाधन बिद्येक फिर्ता लिन र संविधानको अनुसूची संशोधनको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको थियो,।

‘उनले भने हामीले उहाँलाई बोलाएर पार्टीको निर्णय मान्न सम्झायौं, तर, उहाँले पार्टीको निर्देशन मान्नुभएन । पार्टी नेताहरु उपेन्द्र यादव बिराटनगरमा र डा बाबुराम भट्टराई गोरखामा भएकाले दुवै नेता काठमाडौं फर्कनासाथ पार्टीको साधारण सदस्यबाट समेत हटाइने र सांसद पद स्वतः निलम्वनको जानकारी संसदलाई गराइने बताइएको छ । संविधानको धारा ८९ को ९ङ० मा जुन दलको उम्मेदवार भई प्रतिनिधिसभा सदस्य बनेको हो, त्यस्तो दलले दल त्याग गरेको कुरा सूचित गरेमा सांसद पद निलम्वन हुने प्रावधान छ ।

error: Content is protected !!