Loading... आजः आइतवार, बैशाख २६, २०७८
Trending

विपन्न ६० परिवारलाई खाद्यान्न वितरण

दैलेख  : नारायण नगरपालिका वडा १ मा रहेका ६० विपन्न परिवारलाई खाद्यान्न वितरण गरिएको छ । लकडाउनका कारण समस्या परेका अति विपन्न मजदुरलाई मध्यनजर गर्दै शनिबार दैलेखी युथले ६० घरपरिवालाई खाद्यान्न वितरण गरेको छ । ।

क्लबले प्रतिघरधुरी २५ केजि चामल, १ लिटर तेल, एक केजि दाल, एक केजि नुन, दुईवटा चाउचाउ र २ पिस साबुन र २केजि तरकारी समेत वितरण गरेको छ । दैनिक ज्याला मजदुर गरेर जीविकोपार्जन गर्दै आएका गरिब, विपन्न र असहाय परिवारलाई खाद्यान्न वितरण गरेको दैलेखी युथका सचिव मनोज भण्डारी बताए ।उनले यस अघि त्रिभुवन मावि, भाषा पाठसाला,नारायण र क्याम्पस लगायतका ठाउँका क्वारेन्टाइन बसेकालाई खाजा नास्ताको ब्यस्ता गरीसकेको बताए । युथमा आवद्ध भएका साथीहरुको खाजा खर्च कटौती गरेर उनीहरुलाई सहयोग गरेको उनीहरुले बताएका छन ।

error: Content is protected !!