Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

प्रधानमन्त्रीले संसदमा सांसदका प्रश्नको जवाफ दिदै

काठमाडौं  : प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सम्बोधन गर्दै सांसदले उठाएको प्रश्नको जवाफ दिने भएका छन । बिहान ११ बजे प्रधानमन्त्री ओलीले संसदमा सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने भनिएपनि कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेका काम, संसदमा पेश गरिएको बजेट लगायतका विषयमा संसदमा उठेका प्रश्नहरुको प्रत्युत्तरको जवाफ दिने बताइएको छ । लकडाउनको निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्ने छ।

आजको बैठकले लकडाउनको नयाँ मोडालिटी कस्तो बनाउने भन्ने विषयमा निर्णय गर्ने छ। बैठक दिउँसो २ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ। गत चैत ११ गतेदेखि लकडाउन लागू गरेको सरकारले पछिल्लोपटक थपेको अवधि यही जेठ ३२ गते सकिँदै छ। आजको मन्त्रिपरिषद् बैठकले अब लकडाउन कस्तो बनाउने, कहिलेसम्म लम्ब्याउने भन्ने विषयमा समेत निर्णय गर्ने एक मन्त्रीले मन्त्रीले जानकारी दिए। लकडाउन लम्बिँदै गएपछि व्यवसायी तथा सर्वसाधारणले उल्लंघन गर्ने क्रम बढिरहेको छ। काठमाडौं उपत्यकामा पसल खोल्ने विषयमा दैनिकजसो व्यापारी र प्रहरीबीच विवाद हुने गरेको छ। लकडाउनको मोडालिटी तय गर्न प्रधानमन्त्री ओलीले अघिल्लो हप्ता मात्रै विज्ञहरुसँग छलफल गरेका थिए।