Loading... आजः आइतवार, अशोज १०, २०७८
Trending

प्रतिरोधात्मक क्षमता बृद्धि गर्न योगा सुरु


दैलेख :  दैलेखको द्रोणाचल क्याम्प दुल्लुमा क्वारेन्टाइनमा रोखेका नागरिकहरुलाई यौगा अभ्यास गराउँन सुरु गरिएको छ । कोरोना रोग लड्ने प्रतिरोधात्मक क्षमता बृद्धि गर्नका लागि उक्त योगा अभियान सुरु गरिएको हो । द्रोणाचल क्याम्पस दुल्लुमा राखिएका कोरोनाका बिरामीहरूलाई दुल्लु नगरपालिका र आयुर्वेद औषधालयद्वारा मनोसामाजिक परामर्श सहितको योगा गराएर बिरामीको मनोबल बढाई रहेको छ ।
योगामा ३० जना कोरोना सङ्क्रमित रहेका छन् । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानमणि नेपालको अगुवाइमा औषधालयका प्रमुख जनक थापाले योगा उनीहरूलाई योगा गराएका हुन् । सङ्क्रमितलाई नगरपालिकाले गुर्जो, बेसार, अदुवा लगायतका जडीबुटी दैनिक रूपमा सेवन गराई रहेको छ । उनीहरूलाई आयुर्वेदिक औषधीले केही हदसम्म उपचार हुन सक्ने भन्दै जडीबुटी सेवन गराइएको जनाइएको छ ।
बिरामीलाई स्वास्थ्य राख्न र मानसिक तनावबाट कमी गराउन दैनिक रूपमा योगा गराई कोरोना भाइरस नियन्त्रणमा सहज हुने प्रमुख प्रशासकीय अधिकृत नेपालले बताए । मानिसलाई स्वास्थ्य राख्न तथा जडीबुटी र योगाले रोगसँग लड्ने क्षमतामा बृदि गर्ने भएकाले आयुर्वेदिक औषधि र योगाको प्रयोग गर्न थालिएको नगर प्रमुख घनश्याम भण्डारीले बताए ।

error: Content is protected !!