नयाँ नक्सा कार्यान्वयन गर्न
संविधान संशोधन गर्ने सरकारको निर्णय
काठमाडौँ : सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर नयाँ नक्सा मन्त्रिपरिषदको निर्णय बाट अनुमोदन गरेपछि त्यसलाई नेपालको संबिधानमा भएको नक्सा अनुसार निशान छाप परिवर्तन गर्नका लागि संविधान संशोधन प्रस्ताव संसदमा लाने निर्णय गरेको छ । संविधानको अनुसूची ३ मा रहेको निशान छाप संशोधनका लागि संविधान संशोधन गरेपछि नेपालको नयाँ नक्सा पूर्ण रूपमा कार्यान्वयन हुनेछ। भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता गराउन जुटेको सरकारले जारी भएको नयाँ नक्साको कार्यान्वयनका लागि संविधान संशोधन गर्ने भएको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले संविधान संशोधनको प्रस्ताव संसदमा दर्ता गर्ने निर्णय गरेको हो। बैठकले जेठ १३ गतेको संसद बैठकअघि नै संविधान संशोधन गर्ने प्रस्ताव दर्ता गर्ने निर्णय गरेको हो।