Loading... आजः मङ्लबार, भदौ २५, २०८१
Trending

सङ्क्रमित युवालाई कोरोना अस्पतालमा पठाइयो

दैलेख :  कर्णाली प्रदेशका पहिलो कोरोना सङ्क्रमित दैलेख जिल्लाको आठबीस नगरपालिका १ सात तलाका ३५ वर्षीय युवकलाई चर्को दबाब पछि सुर्खेत पठाइएको छ । कर्णाली प्रदेश सरकारले कर्णालीका तीन जिल्लामा कोरोना अस्पताल निर्माण गर्ने कर्णाली प्रदेशको निर्णय विपरीत दैलेख सदरमुकाममा निर्माण गरेको आइसुलेसन वार्डमा राखेर उपचार गरेको भन्दै मानवअधिकारकर्मीहरुले त्यसको विरोध गरेपछि सङ्क्रमित युवकलाई सुर्खेत पठाइएको स्वास्थ्य सेवा कार्यालय दैलेखले जानकारी दिएको छ ।
स्वास्थ्य सेवा कार्यालयका खोप अधिकृत थीर प्रसाद रेग्मीले संक्रमति युवाको उपचारका लागि सुर्खेत पठाएको बताउनुभयो । उनले बिरामीको अवस्था सामान्य भए पनि कोरोना अस्पताल एक जिल्लामा निर्माण गर्ने र उपचार एक जिल्लामा गरेको भन्दै आलोचना हुन थालेपछि सुर्खेत पठाएको प्रतिक्रिया दिएका छन् । जेठ १ गते आठबिस नगरपालिका दैलेखका ३९ जना एकसाथ भारतबाट फर्किएका उनीहरू महेन्द्रनगरमा ४५ दिन क्वारेनटाइनमा बसेपछि आठबिस नगरपालिका दैलेखले उनीहरूलाई उद्धार गरी दैलेख ल्याएको थियो । । जेठ ३ गते कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालय बाट गएको टोलीले उनीहरूको स्वाब सङ्कलन गरी प्रदेश स्वास्थ्य निर्देशनालय अर्थात् कोरोना अस्पतालमा ल्याएर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएपछि पुन जाँचका लागि भेरी अस्पताल नेपालगन्जमा परीक्षण गर्दा पोजेटिभ देखिएको थियो । गत चैत्र १३ गते बसेको कर्णाली प्रदेश मन्त्रीपरिषद्को बैठकले कर्णालीका हुम्ला,जुम्ला,मुगु र कालिकोट जिल्लाका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान   जुम्ला,जाजरकोटmडोल्पा, रु रुकुम पश्चिमका लागि चौरजहारी सामुदायिक अस्पताल रुकुम पश्चिम र दैलेख,सुर्खेत र समग्र प्रदेशका लागि प्रदेश अस्पताल सुर्खेतलाई बिशिष्टिकृत अस्पतालको रूपमा स्थापना गर्ने निर्णय गरेको थियो ।