Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

३० जना संक्रमित थपिए, सक्रमितको संख्या ४८७ पुग्यो


काठमाडौँ  : नेपालमा कोरोना संक्रमितको संख्या ४८७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप ३० जनामा संक्रमण पुष्टि भएको छ।राष्ट्रिय जनास्वास्थ्य प्रयोगशाला काठमाडौँ र भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षण अनुसार ३० जना संक्रमित थपिएका हुन् । स्वास्थ्य मन्त्रालयका अनुसार नवलपरासी (बर्दघाट सुस्ता पूर्व) विनय त्रिवेणी गाउँपालिका–६ निवासी ४५ वर्षीय पुरुष, भरतपुर महानगरपालिका–६ केसरबाघ चितवन निवासी ७४ वर्षीय पुरुष र ७३ वर्षीय महिलामा संक्रमण पुष्टि भएको छ। यस्तै नवलपरासीको सुस्ता गाउँपालिका–५ र रामग्राम नगरपालिका– ३ र १८ निवासी ३३ र ३५ वर्षीय पुरुष तथा १५ वर्षीय महिलामा पनि संक्रमण पुष्टि भएको छ। यस्तै कपिलवस्तु वाणगंगा नगरपालिका र मायादेवी गाउँपालिकाका निवासी २४, २५, २७, २९,३४, ३६, ४५ र ५३ वर्षीय पुरुष र ८ वर्षीय बालिकामा पनि संक्रमण पुष्टि भएको छ। यस्तै सर्लाहीको गोडैता नगरपालिकाको वडा नम्बर ८, ९, ११, १३ र १४ र रामनगर बहुअर्वा गाउँपालिका –७ निवासी २२, २२, २४, २५, २५, २७, ३२, ३४, ३४, ३५, ३८, ३८, ३८ र ३९ वर्षीय पुरुष तथा १८ वर्षीय महिलामा पनि संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । हालसम्म प्राप्त विवरण अनुसार उनीहरु सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको र अवस्था सामान्य रहेको मन्त्रलायले जनाएको छ ।