अध्यक्षको पहलमा पठाइयो अलपत्र मजदुरलाई गृह जिल्ला
दैलेख : विश्वभरी फैलिएको कोरोना भाइरस संक्रमणलाई न्युनीकरण गर्न सरकारले गरेको लकडाउनका कारण दैलेखमा अलपत्र परेका बिभिन्न जिल्लाका नागरिकहरुलाई उद्योग बाणिज्य संघ दैलेखका अध्यक्ष कुलबहादुर विकको सहयोगमा गृहजिल्ला पठाइएको छ । दैलेख जिल्लामा ज्याला मज्दुरी गरि जीवीकोपार्जन गरिरहेका र लकडाउनका कारण कमाएको पैसा सकिएपछि समस्यामा परेका सुदुरपश्चि प्रदेशको कैलाली जिल्लाका २२ जना मजदुरलाई उद्दार गरि पठाएको उद्योग बाणिज्य संघका अध्यक्ष कुल बहादुर बिकले बताए । उनले तीन महिना देखि दैलेखको नारायण नगरपालिका–१ पुरानो बजारमा बसेर तामाका भाँडाकुडा बनाई जीविकोपार्जन गर्दै आएका थिए । लकडाउनका कारण दैनिक गुजारा चलाउन समस्या भएका उनिहरुलाई जिल्ला प्रशासन कार्यालय संग समन्वय गरेर सम्बन्धित जिल्ला पठाइएको बताए ।
भैरहवा सुनचाँदी पसलका संचालक समेत रहेका अध्यक्ष विकले आफ्नो ब्यत्तिगत लगानीमा जिल्लाका विभिन्न स्थानमा ५ लाख वरावरको स्वास्थ्य सामाग्री वितरण गरिसकेका छन । उनले उद्दार गरि पठाएका २२ जनालाई समेत स्वास्थ्य सामाग्री वितरण गरेका छन । उद्दार गरि जिल्ला पठाएदिएपछि त्यहाँका नागरिकले उद्योग बाािण्ज्य संघका अध्यक्ष एव भैरहवा सुनचाँही पसलका संचालक कुल बहादुर विकलाई धन्यबाद दिएका छन । उनीहरुले मनकारी अध्यक्ष भएर सहयोग गरेको भन्दै मुक्तकण्ठले पं्रशसा समेत गरेका छन ।