Loading... आजः शुक्रबार, चैत्र १६, २०८०
Trending

नेपालमा कोरोना संक्रमितको सख्या ४ सय २७ पुग्यो

काठमाडौँ :  नेपालमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस सँगै नेपालमा संक्रमितको संख्या ४२७ पुगेको छ। आज गरिएको पिसिआर परीक्षणमा २५ जना नयाँ संक्रमितहरू फेला परेपछि संक्रमितको सख्या ४ सय २ बाट ४ सय २७ पुगेको हो । स्वास्थ्य समन्वय महाशाखा प्रमुख एवं प्रवक्ता डा विकास देवकोटाले जानकारी संक्रमितहरू ३ देखि ४८ वर्ष उमेरका छन्। देवकोटाकाअनुसार बाँकेमा ६ जना पुरुष, धनकुटामा ५ जना, कपिलवस्तुमा थप १३ जना र नवलपरासी पश्चिम सुस्ताका एक पुरुष संक्रमित भएका छन । हालसम्म पिसिआर विधिबाट गरिएको परीक्षण ३५ हजार ४ सय ९४ र आरडीटीबाट ७५ हजार ७२ जनाको परीक्षण गरिएको डा देवकोटाले बताए। कोरोना संक्रमणका कारण नेपालमा मृत्यु हुनेको संख्या दुई छ। कुल संक्रमितमध्ये हालसम्म ४५ जना निको भएर घर गइसकेका छन्।