Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

नेपालमा ज्यान गुमाउनेको संख्या तीन ,संक्रमितको संख्या ४४४ पुग्यो

.

काठमाडौँ  नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४ सय ४४ पुगेको छ । बीपी कोइराना स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा थप १७ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ४ सय ४४ पुगेको हो । बिहीबार संक्रमण पुष्टि भएकाहरुमा झापाका १५ जना, धनकुटा र सुनसरीका एक एक जना रहेका स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जनाएका छन् । झापाको कचनकवल गाउँपालिका वडा नम्बर ३, ६ र ८ का १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरु १८ देखि ४६ वर्ष उमेर समूहका रहेका छन् । त्यस्तै धनकुटा निवासी ३४ वर्षीय पुरुष र सुनसरीको धरान उपमहानगरपालिका निवासी ५१ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । नेपालभर संक्रमण पुष्टि भएकामध्ये अहिलेसम्म ४५ जना निको भएका छन् । त्यस्तै कोरोना भाइरसको संक्रमणबाट सिन्धुपाल्चोककी एक महिला र बाँके र गुल्मीका गरी २ पुरुषको भएको छ ।