Loading... आजः मङ्लबार, मंसिर १८, २०८१
Trending

एकै दिन कर्णालीमा भित्रिए एक हजार नागरिक

 

सुर्खेत :  कर्णाली प्रदेशको प्रमुख प्रवेशद्वार भेरीगङ्गा नगरपालिका ५ बबईमा एक हजार २०७ नागरिक आइपुगेका छन् ।भारतका विभिन्न ठाउँबाट नेपालगञ्ज जमुनाह तथा पश्चिम गड्डाचौकी नाका हुँदै बिहीबार मात्र उनीहरु सो स्थानमा आइपुगेका हुन् । दैलेखका ५००, सुर्खेतका ३२०, सल्यानका २६६, जाजरकोटका ७७ र कालीकोटका ४४ नागरिक रहेको गरि एक हजार २०७ जना नागरिक बबईमा आएको हुन । कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावलले भारतबाट सयौँको सङ्ख्यामा कर्णालीवासी नागरिक भित्रिदै गरेकोले प्रदेश सरकारले सबैको आरडीटी परीक्षण गर्ने ब्यबस्था मिलाइएको बताए । उनले भने,यतिमात्र होइन भारतबाट आउने सङ्ख्या दिनप्रतिदिन बढिरहेको छ । नागरिकको स्वास्थ्य र सुरक्षामा सरकार संवेदनशील भएर लागेको छ । सीमामा आरडीटी भएकाले पनि जिल्लामा अनिवार्य क्वारेन्टिनमा बस्ने गरिएको छ । प्रदेश सरकारले तत्काल आरडीटीका लागि आवश्यक किटसहित स्वास्थ्य जनशक्ति त्यहाँ पुगेको सामजिक विकासमन्त्री दल रावलले जानकारी दिए ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक वसन्तकुमार पन्तले भारतबाट आउने नागरिकको शान्ति सुरक्षार्थ प्रहरी तयारी अवस्थामा राखिएको जानकारी दिए । केही जनशक्ति सीमा निर्वाध रहेको र केही जनशक्ति यहाँबाट पठाइएको उनले बताए । यो डेढ साताभित्र प्रदेशमा १५(२० हजार नागरिक भित्रिसकेको अनुमान छ ।