कर्णालीको लगातार दोस्रो जित

काठमाडौं : नेपाल प्रिमियर लिग(एनपीएल)को तेस्रो संस्करणको छैटौं खेलमा कर्णाली याक्सले विराटनगर किंग्सलाई ४ विकेटले पराजित गरेको छ। कीर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विरटानगर किंग्सले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १८६ रन बनाएको थियो।
विराटनगरले दिएको १८७ रनको लक्ष्य पछ्याएको कर्णालीले १९.५ ओभरमा ६ विकेट गुमाउँदै १८७ रनको लक्ष्य पूरा गरेको हो। कर्णालीका लागि कप्तान सोमपाल कामीले सर्वाधिक ६२ रनसहित अविजित रहे। उनले ३२ बलमा ४ चौका र ३ छक्का प्रहार गरे ।
छैटौं विकेटको लागि पवन सरार्फ र सोमपाल कामीले ६६ रनको साझेदारी बनाउँदै टिमको स्कोर माथि उकासेका हुन्। पवन सरार्फले ३६ रन बनाए। सोमपाल र पवनको जोडी क्रिजमा रहँदा कर्णालीको जित सहज बनाए। सोमपाललाई गुल्सनले पनि राम्रो साथ दिए। गुल्सन २८ रनमा अविजित रहे। सातौं विकेटको लागि ६४ रनको अविजित साझेदारी सहित आजको खेलमा कर्णालीले जित दर्ता गरेको हो।
कर्णालीले पहिलो विकेटको रुपमा मार्क वाटको विकेट गुमायो। उनी १ रनमै बोल्ड भए। दोस्रो विकेटको रुपमा आरिफूल इस्लामको विकेट गयो। वसिर अहमदले बाउन्ड्री लाइनमा छोड्दा उनले १ रनमा जीवनदान पाएका थिए। उनले १२ बलमा समान ३ चौका र ३ छक्का प्रहार गर्दै ३२ रन बनाएर क्याच भए। तेस्रो विकेटको रुपमा हुसैन तलात डकआउट भए। दिपक डुम्रे ११ बलमा २ चौका र १ छक्कासहित २० रन बनाए। अकबर अलि १ रनमा सन्दीप लामीछानेको बलमा बोल्ड भए। विराटनगरका लागिएन्जेलो म्याथ्यूसले सर्वाधिक ३ विकेट लिए। चारिथ आसलंका, प्रतिश जिसी र सन्दीप लामीछानेले १–१ विकेट लिए। कर्णाली याक्सको लागि कप्तान सोमपाल कामीले सर्वाधिक ४ विकेट लिए। मार्क वाट र नन्दन यादवले १-१ विकेट लिए।


