Loading... आजः शुक्रबार, असार १९, २०८३
Trending

ट्राफिक नियम उलङघन कसुरमा मुख्यमन्त्री शाहलाई पाँचसय जरिवाना


धनगडी  :   बिनाहेलमेट मोटरसाइकल चलाएको कसुरमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह ट्राफिक कारबाहीमा पर्नुभएको छ ।
मुख्यमन्त्रीलाई निवासमै पुगेर ट्राफिक प्रहरीले ५०० जरिवाना तिराएको हो । आफ्नै निवास परिसरमा शाहले हेलमेट नलगाइ बुलेट बाइक चलाएको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।

भिडियो भाइरल भएपछि ट्राफिक प्रहरीले मुख्यमन्त्री निवासमै पुगेर चीट काटेको हो । शाहलाई थमाइएको चीटमा ‘हेल्मेट नलगाई सवारी चलाएको’ कसुर उल्लेख गरिएको छ । शाहलाई ५०० रूपैयाँ जरिवाना गरिएको छ । आफूले ट्राफिक नियम उल्लंघन गरेको स्वीकार गर्दै नियमअनुसार कारबाही गर्न स्वयं ट्राफिक प्रहरीलाई आग्रह गरेको शाहले बताए । साभार लोकान्तर