Loading... आजः शुक्रबार, असार १९, २०८३
Trending

मेसी र एम्बाप्पेलाई केन र हालान्डको चुनौती

..


काठमाण्डौँ  :  फिफा विश्वकप २०२६ मा ठूला फुटबल स्टारहरूले शानदार प्रदर्शन गरिरहेका छन्। स्टारहरूको शानदार प्रदर्शनसँगै प्रतियोगितामा गोल्डेन बुट जित्ने दौड पनि निकै रोमाञ्चक र तीव्र बनेको छ । इङ्लिस टोलीका कप्तान ह्यारी केनले प्रजातान्त्रिक गणतन्त्र कंगोविरुद्ध दुई गोल गरेसँगै उनी पनि गोल्डेन बुटको बलियो दाबेदारका रूपमा उभिएका छन्।

हाल अर्जेन्टिनी स्टार लियोनेल मेसी र फ्रान्सेली फरवार्ड किलियन एम्बाप्पे ६–६ गोलसहित शीर्ष स्थानमा छन् । तर, नर्वेका एर्लिङ हालान्ड ५ गोल र कंगोविरुद्ध दुई लेट गोल गर्दै टोलीलाई अन्तिम १६ मा पुर्‍याएका इङ्गल्याण्डका ह्यारी केन (५ गोल)ले उनीहरूलाई कडा चुनौती दिइरहेका छन् । ब्राजिलका विनेसियस जुनियर र एम्बाप्पेका सहकर्मी ओसमान डेम्बेले ४–४ गोलसहित उनीहरूभन्दा पछि छन् ।

 

जर्मनीका काई हाभर्ट्ज र डेनिज उन्दाभ तथा नेदरल्याण्ड्सका कोडी गाक्पो र ब्रायन ब्रोबे (तीनै गोल)को टोली राउन्ड अफ ३२ बाटै बाहिरिएकाले उनीहरूको गोल सङ्ख्या थपिने सम्भावना सकिएको छ । तर, ब्राजिलका माथेउस कुन्हा, सेनेगलका इस्माइला सार ३ गोल क्यानडाका जोनाथन डेभिड, स्पेनका मिकेल ओयार्जाबल, अमेरिकाका फोलारिन बालोगुन र उज्बेकिस्तानविरुद्ध दुई गोल गर्दै खाता खोलेका सदाबहार क्रिस्टियानो रोनाल्डो अझै पनि यो दौडमा कायम छन् ।

विश्वकप इतिहासमै सबैभन्दा धेरै १६ गोल गर्ने कीर्तिमान जर्मनीका मिरोस्लाभ क्लोजको नाममा थियो । तर जारी विश्वकपमा लियोनेल मेस्सीले १९ गोल पुर्‍याउँदै उक्त रेकर्ड धेरै पछि छाडिदिएका छन् भने किलियन एम्बाप्पेले पनि क्लोजलाई पछि पारिसकेका छन् । हल्यान्ड केवल दुई खेलमै विश्वकपमा नर्वेका लागि सबैभन्दा धेरै गोल गर्ने खेलाडी बनेका छन् भने ह्यारी केनले ग्यारी लिनेकरलाई पछि पार्दै इङ्गल्याण्डका लागि विश्वकपमा सर्वाधिक गोल गर्ने कीर्तिमान बनाएका छन् ।

अहिलेका दाबेदारहरूको नजर सन् १९५८ मा फ्रान्सका जुस्ट फन्टेनले एउटै विश्वकपमा बनाएको १३ गोलको ऐतिहासिक रेकर्डमा छ । विश्वकप इतिहासमा अहिलेसम्म फन्टेन, जर्मनीका गर्ड मुलर १९७० र हंगेरीका स्यान्डोर कोक्सिस १९५४ गरी तीन खेलाडीले मात्र एउटै विश्वकपमा दोहोरो अङ्क १ वा सोभन्दा बढी मा गोल गर्न सकेका छन् । तर, अहिले जुन गतिमा गोल भइरहेका छन्, यस पटक तीन वा सोभन्दा बढी खेलाडीले यो आँकडा पार गर्ने अनुमान गरिएको छ ।