Loading... आजः सोमवार, असार ८, २०८३
Trending

दुल्लु नगरपालिकाको नीती तथा कार्यक्रम सार्वजनिक

दैलेख  :दैलेखको दुल्लु नगरपालिकाले आगामी आर्थिक बर्ष २०८३/०८४ को नीती तथा कार्यक्रम सार्वजनिक गरेको छ । दुल्लु नगरपालिकाको नगरसभाको १९ औँ अधिबेशनमा नगर प्रमुख भरत प्रसाद रिजालले नीती तथा कार्यक्रम सार्वजनिक गर्नुभएको छ । नगरसभामा आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नीति तथा कार्यक्रम तथा १ अर्ब ५ करोड ७० लाख ४९ हजार रुपैयाँको बजेट प्रस्तुत गरिएको छ।

नगर प्रमुख भरतराज रिजालले सुशासन, सामाजिक न्याय र समावेशी विकासलाई मूल मन्त्र बनाएर प्रविधिमैत्री सेवा, मर्यादित रोजगारी र स्वच्छ वातावरण निर्माणमा जोड दिइएको बताए। युवाको सिर्जनशीलतालाई नीति निर्माण र विकास प्रक्रियामा मूलप्रवाहीकरण गर्दै ‘युवा प्रतिभा, नगरको गौरव’ नाराअनुसार अवसर र प्रोत्साहनका कार्यक्रम सञ्चालन गरिने बताउनुभयो ।

उहाँले महिला तथा सामाजिक विभेदमा परेका समुदायको उत्थानलाई प्राथमिकतामा राखिएको भन्दै नगर प्रमुख रिजालले ऐतिहासिक, पुरातात्विक तथा सांस्कृतिक सम्पदाको संरक्षण र विकासलाई पनि विशेष महत्व दिइएको बताउनुभयो ।
नगर उपप्रमुख विना कार्कीले आगामी वर्षका लागि १ अर्ब ५ करोड ७० लाख ४९ हजार रुपैयाँको अनुमानित आय–व्यय विवरण प्रस्तुत गर्नुभयो । बजेटमा संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने विभिन्न अनुदान, राजस्व बाँडफाँड, आन्तरिक आय तथा चालु आर्थिक वर्षको बाँकी रकम समेटिएको छ।
१९ औँ अधिबेशनका सदस्य सचिव एवम दुल्लु नगरपालिकाका प्रमुख प्रशाकीय अधिकृत पदम बहादुर बुढाक्षेत्रीले सार्वजनिक गरिएको नीती तथा कार्यक्रम र बजेटले दुल्लु नगरपालिकाको समग्र विकास टेवा पुग्ने बताउनुभयो ।