अन्तर्राष्ट्रिय योग दिवस मनाइयो


दैलेख : दैलेखमा योग दिवस मनाइएको छ । “स्वस्थ वृद्धावस्थाका लागि योग” भन्ने नारा सहित १२ औं अन्तर्राष्ट्रिय योग दिवस मनाइएको हो । आयुर्वेद स्वास्थ्य केन्द्र दैलेखको आयोजना तथा पतन्जली योग समिति दैलेखको समन्वयमा विभिन्न योगा अभ्यास सहित कार्यक्रम गरिएको बताइएको छ ।
२१ जुनलाई दिवसका रुपमा मनाउने प्रस्तावमा नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पहिलो समर्थन गरेका थिए। यसै निर्णय अनुरूप सन् २०१५ जुन २१ देखि विश्वभर यो दिवस मनाउन थालिएको हो। नेपालमा माघ १ गते ‘राष्ट्रिय योग दिवस’ मनाउने बारेमा नेपाल सरकारले विसं २०७२ साउन २८ गते मन्त्रिपरिषद्को निर्णय गरेर ‘राष्ट्रिय रुपमा योग दिवस मनाउँदै आएको छ ।
आइतबार योगा हल गणेश मन्दिर परिषदमा भएको कार्यक्रममा दैलेख जिल्ला स्थित समन्वय प्रमुख नवराज शाही, नारायण नगरपालिकाका नगर प्रमुख लोमन शर्मा, प्रमुख जिल्ला अधिकारी आनन्द शारु, प्रहरी प्रमुख श्रवणकुमार बि।क लगाएत पदञ्जली योग समितिका प्रशिक्षक सहायक प्रशिक्षक तथा दैनिक रुपमा योगा अभ्यास गरिरहेका करीब ७० जना भन्दा बढिको सहभागिता रहेको थियो ।

