Loading... आजः सोमवार, असार ८, २०८३
Trending

सडक दुर्घटना न्युनीकरण सम्बन्धि सचेतना


दैलेखः सडक दुर्घटना न्युनीकरण सम्बन्धि सचेतना कार्यक्रम गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय दैलेखको आयोजनामा र जिल्ला ट्राफिक कार्यालयका समन्वयमा उक्त सचेतना कार्यक्रम सम्पन्न गरिएको हो ।
सडक दुर्घटना सम्बन्धि कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी आनन्द सारुले दुर्घटना न्युनीकरणका लागी सबै पक्ष जिम्मेवार बन्नु पर्ने बताउनुभएको छ । उहाँले सबै सवारी साधन चलाउने सवारी चालक,पैदल यात्रा गर्ने पैदल यात्रु र सबै सरोकारवाला निकायको सहयोगमा दुर्घटना न्युनीकरण हुने बताउनुभयो । उहाँले सडक दुर्घटना न्यूनीकरण गर्नु राज्यको मात्र नभई सम्पूर्ण नागरिकको साझा दायित्व भएको बताउनुभयो । उहाँले भन्नुभयो प्रत्येक नागरिकले ट्राफिक नियमको पूर्ण पालना गर्ने र सवारी धनीले आफ्ना सवारी साधनको नियमित प्राविधिक जाँच गर्ने हो भने धेरै दुर्घटनाहरू टारेर अमूल्य ज्यान जोगाउन सकिने भन्दै उनले समुदायस्तरमै जनचेतना अभिवृद्धि गरी जिम्मेवार सडक संस्कृतिको विकास गर्नुपर्ने हुन्छ ।
जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक श्रवण कुमार बिकले ट्राफिक देख्दा मात्र ट्राफिक नियम पालना गर्ने र नदेख्दा उलङघन गर्ने चलन बढेको भन्दै दुर्घटना बाट बच्न सबै पक्ष जिम्मेवार हुनु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो सबैको साझा प्रयास बाट दुर्घटना न्युनीकरण हुने हो राज्यले चाहेर मात्र हुदैन ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय दैलेखका इन्चार्ज वरिष्ठ प्रहरी नायव निरिक्षक जयसिंह गुरुले जिल्लामा सडक दुर्घटना न्युनीकरणका लागी ट्राफिक कार्यालयले भुमिका खेलेको भएपनि नागरिक जिम्मेवार नबन्दा दुर्घटनामा कमीस् आउँन नसकेको बताउनुभयो ।
नेपाल पत्रकार महासंघ दैलेखका अध्यक्ष कमल शर्माले दुर्घटना न्युनीकरणका लागी सवारी चालक र यात्रु दुबै जिम्मेवार बन्नुपर्ने बताउनुभयो । उहाँले सडक दुर्घटना सवारी चालकको लापारबाहीका कारण मात्र नभएर पैदलयात्रुका कारण हुने गरेको बताउँदै त्यसतर्फ सचेतनाका कार्यक्रम संचालन गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो सडक दुर्घटना न्युनीकरण सम्बन्धी आम नागरिकलाई जनहितमा जारी सन्देशहरु रेडियो बाट प्रशारण गर्नु पर्ने बताउनुभयो । उहाँले थप्नुभयो सडक निर्माणका सवालका स्थानीय तहलाई समेत जिम्मेवार बनाउनु पर्ने हुन्छ ।
जिल्ला स्वास्थ्य कार्यालयका कार्यालय प्रमुख डा मनोज विश्वकर्माले सडक दुर्घटनाका कारण धेरै नागरिकहरुले अकालमै मुत्युवरण गर्नु परेको बताउँदै त्यस सम्बन्धि सचेतनाका कार्यक्रम आवश्यक भएको भन्दै स्वास्थ्य सेवा कार्यालयले उक्त कार्यक्रम संचालन गरेको बताउनुभयो । सडक दुर्घटना न्युनीकरण सम्बन्धि सचेतना कार्यक्रममा यातायात समितिका सदस्य, अटोचालक लगायतको सहभागीता रहेको थियो ।