धारिलो हतियार प्रयोग गरी हत्या

दैलेख : धारिलो हतियार प्रयोग गरी हत्या गरिएको छ । दैलेख जिल्ला नारायण नगरपालिका–९ सालखर्कका ७३ वर्षीय कविराज थापाले ४४ वर्षीय आफ्नै छोरा यादव थापाको हत्या गरेको प्रहरीले जनाएको छ । पारिवारिक विवादमा कविराजले छोरा यादवको गर्धन, पाखुरा लगायत शरीरका विभिन्न भागमा हँसिया प्रहार गरी घाइते बनाए पछि उपचारका लागि दैलेख अस्पताल पु¥याउँदै गर्दा बाटो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका सुचना अधिकारी लक्ष्मण पचभैयाले जानकारी दिनुभयो ।
घटनामा संलग्न कविराज थापालाई पक्राउ गरी घटनाको प्रारम्भिक अनुसन्धान थालिएको प्रहरी निरीक्षक पचभैयाले बताउनुभयो । नेपाली सेनाको जमदार पद बाट रिटार्यड हुनुभएका मृतक थापा नेपालगञ्ज बसपार्कमा बस्दै आउनुभएको थियो । घरमा देउता पुजा गर्न आउनुभएका थापाका श्रीमती दुई छोरा र एक छोरी छन । मृतक थापाको शव पोष्र्टम्याटमका लागी जिल्ला अस्पताल दैलेखमा राखिएको छ ।


