Loading... आजः मङ्लबार, जेष्ठ १२, २०८३
Trending

पन्ध्र कठ्ठा कचुरो जडीबुटी बरामद


दैलेख :  अवैध रूपमा निकासी गर्न लागिएको १५ कठ्ठा कचुरो जडीबुटी बरामद गरिएको छ । दैलेखको आठबिस नगरपालिका– ३ कालिका शाही सामुदायिक बन बाट अवैध रूपमा निकासी गर्न लागिएको कचुरो नामक जडीबुटी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका सुचना अधिकारी लक्ष्मण पचभैयाले जडिबुटी संकलन गरी निकासी गर्न लागेको गोप्य सुचनाका आधारमा इलाका प्रहरी चौकी राकमकर्णाली र सव डिभिजन कार्यालय राकमकाट गएको सयुक्त टोलीले फेला पारी डिभिजन बन कार्यालयमा पठाइएको बताउनुभयो ।
डिभिजन वन कार्यालय दैलेखका प्रमुख अम्मर शाहका अनुसार जडीबुटी संकलन गरी बाहिर निकासी गर्ने तयारी भइरहेको अवस्थामा बरामद गरिएको छ । कचुरो संकलन गरेर बाह्य जिल्लामा लैजाने तयारी भइरहेको सूचना पाएपछि टोली खटिएको थियो, उहाँले भन्नुभयो, प्रहरीको रोहवरमा मुचुल्का तयार गरिएको छ र जडीबुटी सप्लायर्स गर्ने व्यक्ति तथा ट्रक नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ । उहाँका अनुसार प्रतिकेजी दुई रुपैयाँ राजस्व तिरेको देखिए पनि सामुदायिक वन र डिभिजन वन कार्यालयबाट आवश्यक अनुमति नलिइएकाले कारबाही प्रक्रिया अघि बढाइएको हो । जडिबुटि अबैध रुपमा ओसार पसार गर्ने सम्बन्धी ऐनमा भएको ब्यबस्था अनुसार कार्वाही हुने कार्यालय प्रमुख शाहको भनाइछ ।