उम्मेदवारले बुझाए निर्वाचन खर्च


दैलेख : दैलेखमा प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएपछि उम्मेदवारहरूले गरेको खर्चको विवरण बुझाउन थालेका छन्। कानुनअनुसार निर्वाचन सम्पन्न भएको ३५दिनभित्र उम्मेदवारले आफ्नो खर्च विवरण बुझाउनु पर्ने नीती अनुसार निर्वाचनको खर्च विवरण निर्वाचन उम्मेदवारले आयोगमा बुझाएका हुन् ।
जिल्ला निर्वाचन कार्यालय दैलेखका अनुसार प्रतिनिधिसभा निर्वाचनमा २१ जनाले उम्मेदवारी दिएका थिए। जसमा हालसम्म१३जनाले मात्र आफ्नो खर्च विवरण बुझाएको जिल्ला निर्वाचन अधिकारी नरबहादुर सलामीले बताउनुभयो । अन्य ८जना उम्मेदवारले खर्च विवरण बुझाउन बाँकी रहेको उहाँले बताउनुभयो ।
नेकपा एमालेबाट दैलेख क्षेत्र न १ बाट उम्मेदवार बन्नुभएका रबिन्द्रराज शर्माले फागुन २१ गते भएको निर्वाचनमा ११ लाख५हजार२सय रुपैयाँ खर्च भएको विवरण बुझाउनुभएको छ। नेपाली कांग्रेसबाट दैलेख क्षेत्र नं १ बाट निर्वाचित सांसद बासन थापाले फागुन २१ गते भएको निर्वाचनमा १४लाख ८९हजार९सय५५रुपैयाँ खर्च भएको विवरण निर्वाचन आयोगलाई बुझाउनुभएको छ ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार नन्दकिसोर बस्नेतले १३ लाख ९४ हजार २ सय ६२ रुपियाँ खर्च विवरण निर्वाचन आयोगलाई बुझाएको बताउनुभयो । नेपाल कम्युनिस्ट पार्टी माओवादीबाट निर्वाचन क्षेत्र नं १बाट उम्मेदवार बन्नुभएका रामलाल विश्वकर्माले निर्वाचनमा १लाख २४हजार२सय५०रुपैयाँ खर्च भएको विवरण निर्वाचन आयोगलाई बझाउनुभएको छ। नेपाल कम्युनिस्ट पार्टीबाट निर्वाचन क्षेत्र नं १बाट उम्मेदवार बन्नुभएका अम्मरबहादुर थापाले निर्वाचनमा१०लाख ७१हजार२३रुपैयाँ खर्च भएको विवरण निर्वाचन आयोगलाई बझाउनुभएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका रणबहादुर सिंहले निर्वाचनमा २लाख ५८हजार७सय६०रुपैयाँ खर्च भएको विवरण निर्वाचन आयोगलाई बुझाउनुभएको छ। राष्ट्रिय जनमोर्चाका नरबहादुर सिंहले निर्वाचनमा१६हजार खर्च भएको विवरण निर्वाचन आयोगलाई बझाउनुभएको छ। नेपाल मजदुर किसान पार्टीका जगतबहादुर वलीले निर्वाचनमा एक रुपौया खर्च नभएको विवरण निर्वाचन आयोगलाई बुझाउनुभएको छ ।
यसैगरी नेकपा एमालेबाट दैलेख क्षेत्र नं २ का बाट निर्वाचित सांसद लक्ष्मीप्रसाद पोखरेले१०लाख ५३हजार ५सय रुपयाँ निर्वाचन खर्च बुझाएको बताउनुभयो । प्रतिनिधिसभा सदस्य निर्वाचनमा दैलेख–२ बाट उम्मेदवार बन्नुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका बखतबहादुर शाहीले ४लाख७४हजार३सय५२रुपियाँ खर्च निर्वाचन खर्च विवरण पेस गर्नुभएको हो ।
राष्ट्रिय जनमोर्चाका कमलबहादुर बरैमगरले निर्वाचनमा २६हजार ४सय रुपैयाँ खर्च भएको विवरण निर्वाचन आयोगलाई बुझाउनुभएको छ । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका कलम सिहले निर्वाचनमा १३लाख९हजार३सय ६५रुपैयाँ खर्च भएको विवरण निर्वाचन आयोगलाई बुझाउनुभएको छ। नेपाल मजदुर किसान पार्टीका बखतबहादुर थापाले निर्वाचनमा १२हजार ५सय रुपैयाँ खर्च भएको विवरण निर्वाचन आयोगलाई बुझाउनुभएको छ । साभार कर्णालीकागज

