इभी गाडी दुर्घटना एक महिला घाइते

दैलेख : सुर्खेतदेखि दैलेख सदरमुकामका लागि छुटेको कर्णाली प्रदेश ०२–००१ज ०८६२ नम्बरको यात्रु वाहक इभी गाडी दुर्घटनामा परेको छ । गाडीमा सवार १३ जना मध्ये एक महिला घाइते भएको प्रहरीले जनाएको छ ।
नारायण नगरपालिका–१ निवासी ३६ वर्षकी संगीता रानाको उपचारको लागी भेरी अस्पताल नेपालगञ्ज पु¥याइएको घाईतेका आफन्तले जानकारी दिएका छन । दैलेखका प्रहरी इञ्चार्ज गणेशबहादुर बरालले गाडी ब्रेक फेल हुन गई सडकमा पल्टिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको जानकारी दिनुभयो । दुर्घटनास्थलमा पुगेको घोडाबास प्रहरी चौकीको टोलीले गुराँस गाउँपालिका४ रतिखोला निवासी चालक २२ को मनिष शाहीलाई नियन्त्रणमा लिएको छ ।


