जनप्रतिनिधि र कर्मचारी बिच अन्तरक्रिया
कमल शर्मा
दैलेख : जनप्रतिनिधि र कर्मचारी बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । डुङ्गेश्वर गाउँपालिका संयुक्त राष्ट्रसङ्घीय कार्यक्रम र महिला सशक्तीकरण मञ्च नेपालको साझेदारीमा सञ्चालित कोभिड १९ ग्रिन रिकभरी परियोजनाको सहयोगमा गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । कोरोना महामारी पछि स्वदेशमै फर्केका युवा, एकल महिला, घरेलु हिंसा, अपाङ्गता भएका र विपन्न वर्गका कृषकलाई सहयोग पु¥याउने उद्देश्यले सञ्चालन भएको परियोजनाले हाल सम्म सञ्चालन गरेका विभिन्न गतिविधिका विषयमा अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
महिला सशक्तीकरण मञ्च नेपालका कृषि अधिकृत दिवस के.सी ले कोरोनाबाट प्रभावित युवाहरूलाई स्वदेशमै रोजगार बनाउने उद्देश्यले सञ्चालन भएको कार्यक्रमको समीक्षा तथा अन्तरक्रिया कार्यक्रम गरिएको बताए । उनले परियोजना बाट सहयोग पाएका किसानहरूले उत्पादन गरी बिक्री वितरण सुरु गरेको बताउँदै छिटै पालिका स्तरीय अनुगमन हुने बताए ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै डुङ्गेश्वर गाउँपालिकाकी उपाध्यक्ष कलावती न्यौपानेले परियोजनाले कोरोना महामारीका कारण रोजगारी गुमाएर स्वदेश फर्केका युवा,एकल महिला र घरेलु हिंसामा परेका महिलाहरूको जीवनस्तर उकास्न महत्त्वपूर्ण सहयोग गरेको बताइन । उनले परियोजनालाई कार्यान्वयन गर्न पालिका प्रतिबद्ध रहेको बताउँदै आगामी दिनमा निरन्तरता दिन आग्रह समेत गरेकी छिन ।