Loading... आजः बुधबार, मंसिर १२, २०८१
Trending

दुबै क्षेत्रमा खटिने मतदान अधिकृतलाई अनुशिक्षण


दैलेख  :  मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा मतदानका लागि खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुका लागि १ दिने आधारभूत तालिम दिएको छ । निर्वाचनमा मतदाताको व्यापक सहभागिता, मतदान स्थलको उचित व्यवस्थापन, शान्ति सुरक्षा र मतपेटिकाको सुरक्षा समेतको विषयमा मतदान अधिकृतहरुलाई अनुशिक्षण गरिएको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।
जिल्ला निर्वाचन अधिकारी मनमाया काउचाले निर्वाचन क्षेत्र न ः १ का ७३ मतदान स्थल र एक सय तीन मतदान केन्द्रका मतदान अधिकृत,सहायक मतदान अधिकृतलाई मुख्य निर्वाचन अधिकृत बलराम लम्साल प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले अनुशिक्षण गरेको बताइन । उनले निर्वाचन क्षेत्र नः १ मा शनिवार र निर्वाचन क्षेत्र न ः २ का ६६ मतदान स्थलका एक सय चार मतदानकेन्द्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई आइतवार अनुशिक्षण गरिएको बताइन ।

मतदान अधिकृत अनुशिक्षण तालीममा मुख्य निर्वाचन अधिकृत बलराम लम्सालले निर्वाचनलाई स्वच्छ मर्यादित,निश्पक्ष रुपमा सम्पन्न गर्नका लागी मतदान अधिकृतको महत्वपूर्ण भूमिका हुने भन्दै आचारसहिता भित्र रहेर कार्य सम्पन्न गर्न मतदान अधिकृतलाई निर्देशन दिएका छन । उनले निर्वाचनमा खटिने कर्मचारीले राजनितिक आस्थाका आधारमा मतदान गर्न मतदातालाई प्रेरित गर्ने जस्ता कार्य गरेको खण्डमा कार्वाहीको भागेदार हुने बताए ।

प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालले निर्वाचन शान्तीपूण रुपमा सम्पन्न गर्नका निम्ति मतदान अधिकृतको प्रमुख दायित्व रहेको भन्दै निर्वाचन आयोगले जारी गरेको आचारसहितालाई पुर्ण पालना गरी निर्वाचन सम्पन्न गर्न मतदान अधिकृतलाई निर्देशन दिए । उनले निर्वाचनमा कुनै समस्या परेको खण्डमा तत्काल खवर गर्न आग्रह समेत गरेका छन ।