Loading... आजः शुक्रबार, बैशाख १४, २०८१
Trending

नेपाली भूमी फिर्ता गरेरै छाड्छौ : ओली

 

कमल शर्मा  :  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्षो देखी गुमेको नेपाली भुमी फिर्ता गरेरै छाड्ने बताएका छन । आइतवार नेकपा एमालेले चामुण्डाबिन्द्रासैनी नगरपालिकाको जम्बुकाँधमा आयोजना गरेको चुनावी बिशाल सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वार्ताको माध्यम बाट भूमी पिर्ता गरिने बताए । उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई पाँचपटक प्रधानमन्त्री हुँदा मुलुकका लागि के के काम गर्नुभयो भन्दै प्रश्न समेत गरेका छन ।
उनले अहिलेको गठबन्धन सरकारले जनताका लागि भन्दा पनि आफ्ना नजिकका कार्यकर्ता पोस्ने काम मात्र गरेको आरोप लगाए। ओलीले अहिलेको गठबन्धन सरकारलाई कठपुतलीको संज्ञा दिँदै मुलुक बनाउन एमाले जस्तो देशभक्त पार्टी सरकारमा आउनुपर्ने बताए।

ओलीले प्रचण्डको संगतमा रहेर देउवाले ‘बन्दुके’ भाषा बोल्ने थालेको आरोप बताए। उनले मुलुकको समृद्धिका लागि दैलेखमा रहेको पेट्रोलियम पदार्थ उत्खनन गर्न एमाले नै सरकारमा आउनुपर्ने बताए।

ओलीले एमालेले अहिलेको अवधिसम्म जनहितविपरीत काम नगरेको र नगर्ने बताए। उनले एमालेले भोटका लागि जनता अलमल्याउने काम नगर्ने बताए । ओलीले आफू सरकारमा हुँदा गरेका राम्रा काम देखेर विभिन्न बहानामा आफूलाई सरकारबाट हटाएको बताए। उनले एमाले एकताबद्ध रहेको बताउँदै आगामी निर्वाचनमा बहुमत ल्याउने दाबी पनि गरे। उनले विकास अभियान अघि बढाउन मंसिर ४ मा एमालेको सूर्य चिह्नमा मतदान गर्न मतदातालाई आग्रह गरे।

शेरबहादुर देउवाले देशका लागि कुनै पनि काम गरेका छैनन्,’ ओलीले भने। तत्कालीन समयमा शेरबहादुर देउवा गृहमन्त्री हुँदा आफू ५० भन्दा धेरै पटक पक्राउ परेको ओलीले बताए।

अहिलेको पाँच दलीय गठबन्धनले जनतालाई भुलाउने काम मात्रै गरिरहेको उनको आरोप थियो। गठबन्धनको सरकारले बजेट बनाउँदा खास घरानाका व्यापारिक प्रतिनिधि राखेर करका दर तोकेर राज्यको ढुकुटी लुट्ने काम गरेको बताउँदै ओलीले उनले वर्तमान सरकार निकम्मा भएको आरोप लगाए।

‘२०५१ मा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले हारे लगतै राप्रपा नेता स्वर्गीय राजेश्वर देवकोटाले गोरु ब्याउँदैन भन्थे, अदालतमा ब्यायो भन्नुभएको थियो, ‘अहिले पनि अदालतमा गोरु ब्याए जस्तै भयो, यस पटक त अदालतले पाँच वटा पाठा पायो’, उनले भने।

परमादेशबाट बनेको सरकारले अर्थतन्त्र धारासायी बनाएको र देशको हालत बर्बाद गराएको ओलीको टिप्पणी छ। उनले २०५१ सालमा एमालेको सरकारले ‘आफ्नो गाउँ आफैं बनाऔं’ भन्ने लोकप्रिय कार्यक्रम सुरुवात गरेको बताए।

एमालेले एक सय रुपैयाँबाट सुरु गरेको भत्ताले नागरिकको सामाजिक सुरक्षा बढाउनुका साथै अहिले आएर विपन्न नागरिकहरूलाई जीवनयापनमा ठूलो सहयोग गरेको दाबी गरे।

अध्यक्ष ओलीले घोषणापत्रमार्फत एमालेले २० ग्यारेन्टी सार्वजनिक गरेको बताए। एमालेले सेनेटरी प्याड खरिद गर्नका लागि महिलालाई एक हजार ५ सय रुपैयाँ नगद दिने योजना अघि सारेको समेत ओलीको भनाइ छ।  चुनावी सभामा नेपाली काँग्रेसका नेता प्रदेश सभा सदस्यमा उम्मेदवार रहनुभएका पृथ्वी बहादुर शाही सहित एक सय कार्यकर्ता विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका छन ।